विद्युत् अवरूद्ध
नेपालका पूर्वी र मध्य क्षेत्रमा एकैपटक गयो बिजुली, के हाे कारण ?
बिहीबार, ०१ जेठ २०८२, १९ : ३२
सारांश
- पूर्वी तथा मध्य नेपालमा एकैपटक विद्युत् प्रसारण अवरुद्ध भएको छ।
- नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट विद्युत् आयात गर्ने प्रसारण लाइनमा समस्या आएको हो।
- प्रवक्ताका अनुसार भारततर्फको प्रसारण लाइनमा समस्याका कारण विद्युत् आपूर्ति रोकिएको हो।
- आधा घण्टाभित्र विद्युत् सुचारु गर्ने प्रयास भइरहेको छ, लोड व्यवस्थापनका लागि केही ठाउँमा समस्या आउन सक्छ।
काठमाडाैँ। पूर्वी तथा मध्य नेपालका क्षेत्रमा एकैपटक विद्युत् प्रसारण अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट विद्युत् आयात गर्ने ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनमा समस्या आउँदा पूर्वी तथा मध्य क्षेत्रको विद्युत् प्रणाली अवरुद्ध भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता भाइराजा शिल्पकारका अनुसार प्रसारण लाइनको भारतपट्टीको क्षेत्रमा समस्या आएर विद्युत् आपूर्ति हुन नसकेको हो ।
'सिस्टम इन्सट गरेर आपूर्ति प्रणाली सुधार गर्न सुरु गरिएको भन्दै आधा घण्टामा विद्युत् सुचारु हुने उनले जानकारी दिए । जम्मा इन्स्टलेसन टाइम आधा घण्टा हो । त्यो समयसम्म लोड व्यवस्थापन गर्न मध्य र पूर्व क्षेत्रका केही ठाउँमा समस्या हुनसक्छ । त्यसपछि अवरुद्ध भएका सबैतिर विद्यु्त आपूर्ति सुचारु हुन्छ,' प्रवक्ता शिल्पकारले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण