राजश्व सङ्कलन गर्ने विधेयक लुम्बिनी प्रदेश सभामा पेस

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर राजश्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस आज पेस गरेका छन् ।
छैठौं अधिवेशनको दोस्रो बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा सम्बोधन गर्दै नीति तथा कार्यक्रम, बजेटको तालमेल मिल्ने खालको ल्याउनुपर्ने सुझाव दिएका थिए ।
प्रदेशसभा सदस्य डिल्लीराज भुसालले चालू वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै रातो किताबमा बजेटमा परे पनि कार्यान्वयन समस्या देखिएको बताए ।
प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुनले जनतासँग सरोकार राख्ने कानुन निर्माण गर्न तत्पर नभएको बताए ।उनले टिमुर खेतीलाई प्रवर्द्धन गरी त्यसबाट राजश्व सङ्कलनको आधार निर्माण गरिनुपर्ने बताए । प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीले बजेटको समीक्षा गर्ने अधिकार संसद्मा हुनुपर्ने बताए ।
प्रदेशसभा सदस्य धर्मबहादुर चौधरीले दिगो विकासको आधार शिक्षा भए पनि यसमा प्राथमिकता दिन नसकिएको बताए ।प्रदेशसभा सदस्य धनलक्ष्मी श्रेष्ठले नीति तथा कार्यक्रम बजेटको गाइडलाइन भएको बताइन् । प्रदेशसभा सदस्य तारा थापाले सिँचाइ, जग्गाको सुरक्षा, हरियो मल उत्पादनलाई प्राथमिकता दिनुपर्ने, १५ शय्याका आधारभूत अस्पताल सञ्चालनको जिम्मेवारी लिनुपर्ने बताइन् ।
प्रदेशसभा सदस्य मिनाकुमारी बोहराले जनताले चलाउन सक्ने गरी बजेट बनाउनुपर्ने बताइन् ।अर्का प्रदेश सभा सदस्य भगवती अधिकारीले लुम्बिनी प्रदेशको बुटवल आसपासमा खानेपानीको गम्भीर समस्या देखिएको बताइन्।प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने सबैको साझा लक्ष्य भएको बताए ।
सभामा प्रदेशसभा सदस्य रत्न खत्री, चन्द्रकेश गुप्ता,शान्ति लोध, हेमा बेल्वासे, बसन्ती न्यौपाने , मिनाकुमारी श्रेष्ठ, गिरिधारीलाल न्यौपाने, लोककुमारी विश्वकर्माले कार्यान्वयन योग्य बजेट निर्माण गर्नुपर्ने, प्रदेशसभा सांसदसँग समन्वय तथा अनुगमनको व्यवस्था गरिनुपर्ने लगायतको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
आगामी तेस्रो बैठक जेठ २ गते शुक्रबार दिउँसो १ बजे बस्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मदन भण्डारीको योगदानको समीक्षा र कम्युनिस्ट एकता अपरिहार्य’
-
लक्ष्मी उप्रेतीले श्रीमान्सँग छुट्टिएर तीन सन्तान हुर्काइन्, ४० कृति जन्माइन्
-
पार्टी निर्माणकै चरणमा छौँ, देशभर विस्तार हुन सकेको छैन : वरिष्ठ उपाध्यक्ष पाण्डे
-
विद्युत् पोलमा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु
-
जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल
-
सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त