निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिको सजाय

समाचार सारांश
- कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई एक महिना कैद र एक लाख क्षतिपूर्ति तिराउने फैसला गरेको छ।
- पत्रकार भण्डारीलाई निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा तथ्यहीन आरोप लगाएको आरोप लागेको थियो।
- तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण राज विष्टले भण्डारीविरुद्ध गाली बेइजतीको मुद्दा दायर गरेका थिए।
- भण्डारीले निर्मला पन्तको घटनामा किरणराज विष्टको नाम जोडेर समाचार र सामाजिक सञ्जालमा लेखेका थिए।
काठमाडाैँ । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई एक महिना कैद सजाय तोकिएको छ ।
जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दले पत्रकार भण्डारीलाई एक महिना कैद सजाय र एक लाख क्षतिपूर्तिको सजाय तोकिएको रातोपाटीलाई जानकारी गराए । पत्रकार भण्डारीलाई १० हजार जरिवाना समेत गरिएको उनले बताए ।
तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण राज विष्टले उनीविरुद्ध गाली बेइजती कसुरमा मुद्दा दर्ता गरेका थिए । भण्डारीले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा तथ्यहीन आरोप लगाउँदै आएका थिए । त्यसै क्रममा भण्डारीले किरणराज विष्टलाई पनि जोडेर समाचार र स्टाटस लेखेका थिए ।
वि.सं.२०७५ साल साउन १० गते उल्टाखाम, महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो । घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने