निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिको सजाय
सारांश
- कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई एक महिना कैद र एक लाख क्षतिपूर्ति तिराउने फैसला गरेको छ।
- पत्रकार भण्डारीलाई निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा तथ्यहीन आरोप लगाएको आरोप लागेको थियो।
- तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण राज विष्टले भण्डारीविरुद्ध गाली बेइजतीको मुद्दा दायर गरेका थिए।
- भण्डारीले निर्मला पन्तको घटनामा किरणराज विष्टको नाम जोडेर समाचार र सामाजिक सञ्जालमा लेखेका थिए।
काठमाडाैँ । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई एक महिना कैद सजाय तोकिएको छ ।
जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दले पत्रकार भण्डारीलाई एक महिना कैद सजाय र एक लाख क्षतिपूर्तिको सजाय तोकिएको रातोपाटीलाई जानकारी गराए । पत्रकार भण्डारीलाई १० हजार जरिवाना समेत गरिएको उनले बताए ।
तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण राज विष्टले उनीविरुद्ध गाली बेइजती कसुरमा मुद्दा दर्ता गरेका थिए । भण्डारीले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा तथ्यहीन आरोप लगाउँदै आएका थिए । त्यसै क्रममा भण्डारीले किरणराज विष्टलाई पनि जोडेर समाचार र स्टाटस लेखेका थिए ।
वि.सं.२०७५ साल साउन १० गते उल्टाखाम, महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो । घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण