जयपुरस्थित क्रिकेट स्टेडियमलाई बमले उडाउने धम्की
सारांश
- भारत-पाकिस्तानको सैन्य आक्रमणका कारण स्थगित भएको आईपीएलको १८औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ।
- शनिबार खेल सुरु हुनुअघि जयपुरस्थित सवाई मानसिंह स्टेडियमलाई बमले उडाउने धम्की आएको छ।
- सुरक्षाकर्मीहरूले धम्की आएपछि अनुसन्धान सुरु गरेका छन् र रंगशालाको सुरक्षा व्यवस्था कडा पारिएको छ।
काठमाडौँ । भारत–पाकिस्तानबिचको सैन्य आक्रमणका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करणको बाँकी खेल शनिबारदेखि फेरि सुरु हुँदैछ ।
प्रतियोगिता सुरु हुनुभन्दा एक दिनअघि फेरि जयपुरस्थित सवाई मानसिंह स्टेडियमलाई बमले उडाउने धम्की आएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् ।
सवाई मानसिंह स्टेडियमलाई बमले उडाउने धम्की आएको यो सात दिनमा यो चौथो पटक हो । यस्तो धम्की आएपछि रङ्गशालाको सुरक्षा व्यवस्था निकै कडा पारिएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
पछिल्लो धम्की राजस्थान खेलकुद परिषद्को आधिकारी ई–मेलमा आएको बताइएको छ । यस्तो इ–मेल प्राप्त भएपछि सुरक्षाकर्मीहरूले अनुसन्धान पनि अगाडि बढाएका छन् ।
‘आईपीएलका बाँकी खेल छिट्टै सुरु हुने भएकाले यस्ता धम्कीलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । रङ्गशाला क्षेत्रको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ’ राजस्थान खेलकुद परिषद्का अध्यक्ष निरज पवनले भनेका छन् ।
राजस्थान खेलकुद परिषद्का सचिव राजेन्द्रसिंह सिसोदियाले पनि पछिल्लो सात दिनमा यस्ता चार वटा धम्की आइसकेको बताए । उनका अनुसार स्टेडियम मात्र होइन, अस्पताललाई पनि बमले उडाउने धम्की आएको छ । यसअघि मे ८, मे १२ र मे १३ तारिखमा पनि यस्तो धम्की आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई आकर्षक पेसा बनाएर युवाहरूको विदेश पलायन रोक्न सकिन्छ : राष्ट्रपति
-
‘साथीलाई मारेँ’ भन्दै प्र्याङ्क भिडियो बनाउने युवती पक्राउ
-
कम्युनिस्ट एकताको प्रयासबारे गोकुलको टिप्पणी, ‘असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार’
-
प्रचण्डको पार्टीमा जान खोज्नु निराशा र पलायन मात्रै हो : प्रकाण्ड
-
पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
-
२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण