कविता
मेरो जस्तो कथा तिम्रो नि हुन सक्छ
शनिबार, १४ माघ २०७९, ११ : २४
१

मेरो जस्तो कथा तिम्रो नि हुन सक्छ
विदेशिनुको कारण एउटै हुन सक्छ
आमा बाबा छोडी विदेशिएको छोरो
देशको माटो छुन हतारिएको केटो ।
मलाई झंै तिमीलाई नि छाती पोल्न सक्छ
ब्यथाहरु लुकाएर मनमनै राखें
ढुकढुकीको चाल उस्तै उस्तै चल्न सक्छ
घुटु घुटु निल्दै आँसु सिमा पारी ढल्न सक्छ ।
रित्तिएको खल्ती भर्न नाम्लो थन्काई आएँ
फाटिएको कर्म भनम् स्वर्ग यतै देख्छु
सक्ने भए अन्धकारलाई विनाश पारि दिन्थें
जताततै देख्छु उल्टो, सुल्टो बनाई दिन्थें ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर