राष्ट्र निमार्णमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छ : मुख्यमन्त्री रावल

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताएका छन् । आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उनले खेल हार र जितका लागि मात्र नभई राष्ट्र निमार्णका लागि योगदान हुने बताए । “खेल हार र जितका लागि मात्रै होइन यसले राष्ट्र निमार्णमा समेत योगदान गरेको हुन्छ”, मुख्यमन्त्री रावलले भने, “राष्ट्रको विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न जरुरी छ ।” उनले कञ्चनपुर खेलाडी उत्पादनको भूमिसमेत भएकाले यस्ता प्रतियोगिताले खेलाडीहरुको विकास हुने बताए ।
स्टार प्रोडक्सनले आयोजना गरेको क्रिकेट मेलामा कर्पोरेट क्रिकेट प्रतियोगिता, वडास्तरीय प्रतियोगिता र विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन हुनेछन् । आजदेखि कर्पोरेट क्रिकेट प्रतियोगिता सुरु भएको र वडास्तरीय तथा विद्यालयस्तरीय प्रतियोगिता पनि आइतबारदेखि सञ्चालन हुने प्रतियोगिता संयोजक अविनाश जोशीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा विजेता टोलीले रु एक लाख ११ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेता टोलीले रु ५५ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछ । ‘सिरिज अफ दी टिम’ले रु पाँच हजार पाँच सयसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संयोजक जोशीले बताए । प्रतियोगितामा उत्कृष्ट ‘ब्याट्स म्यान’ र ‘बलर’लाई रु तीन हजार पाँच सयसहित प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।
कर्पोरेट क्रिकेट प्रतियोगितामा एनआइसी एसिया बैंक, सनराइज बैंक, उदयदेव सहकारी, एनएमवी बैंक, नविल बैंक, सुदूरपश्चिम विश्वविद्यालय, सिएमजी क्लब, हेप्पी हावर, लिटिल बुद्ध एकेडेमी, सिर्जनशील सहकारी र मेगा सहकारी गरी ११ टोलीको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सरकारसँग प्रदेश र स्थानीय सरकारको दोहोरो समन्वय हुनुपर्छ : मन्त्री मोदी
-
संसद्को शून्य समयः मिटरब्याजी समस्यादेखि नागरिकतासम्मको विषयमा ध्यानाकर्षण
-
बागमती प्रदेशमा एसईई : १ लाखभन्दा बढी विद्यार्थीका लागि ४३४ जना परीक्षा केन्द्र
-
कांग्रेसबाट पहिलो चरणमा उपसभापति खड्का सरकारमा सहभागी हुने
-
सञ्चारमाध्यमलाई ओलीको सुझाव : युट्युब र टिकटकबाट आत्तिनुपर्दैन
-
सरकारको साझा न्यूनतम कार्यक्रम : संकटोन्मुख अर्थतन्त्र जोगाउने के छ उपाय ?