बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

टायरी निकोल्स : अमेरिकामा अश्वेत व्यक्तिलाई प्रहरीले गम्भीर कुटपिट गरेकाे भिडियो सार्वजनिक, फुटेजमा के देखियो ?

आइतबार, १५ माघ २०७९, ११ : ११
आइतबार, १५ माघ २०७९

अमेरिकामा एक अश्वेत व्यक्ति टायरी निकोल्सको हत्यालाई लिएर चर्को हंगामा बीच प्रहरीले निकोल्सको मृत्यु भएको ट्राफिक स्टपको भिडियो हेरेको छ ।

फुटेजमा, मेम्फिसका पाँच प्रहरी अधिकारीले टायरी निकोल्सलाई लात हानिरहेको देखिन्छ । त्यही क्रममा घाइते निकोलसले रुँदै आमालाई बोलाइरहेका छन् ।

जनवरी ७ मा निकोल्सलाई कुटपिट गर्ने प्रहरीलाई पक्राउ गरेपछि प्राप्त भएको यो भिडियोमा उनलाई तीन मिनेटसम्म अफिसरले कुटेको देखिन्छ ।

यसैबीच, मेम्फिस र न्यूयोर्क लगायत धेरै ठाउँमा निकोल्सको मृत्युको विरोधमा प्रदर्शन सुरु भएको छ ।

tayari nicholas2निकोल्सका वकिलहरूले यस घटनालाई सन् १९९१ मा भएको यस्तै घटनासँग तुलना गरेका छन्, जब रोडनी किङ्गलाई लस एन्जलसमा प्रहरीले मादक पदार्थ सेवन गरेर ड्राइभरको हत्या गरेको थियो । निकोल्समाथि पनि लापरवाहीपूर्वक गाडी चलाएको आरोप छ । प्रहरीले कुटपिट गरेको तीन दिनपछि निकोलको मृत्यु भएको थियो ।

निकोल्सको मृत्युपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रदर्शनका बीचमा शान्ति कायम राख्न जनतालाई अपिल गरेका छन् ।

उनले भने, ‘तपाईंहरूमध्ये धेरैलाई झैँ मलाई पनि यो भयानक भिडियो देखेर असाध्यै रिस उठेको छ । म यो घटनाले दुःखी छु र मेरो समवेदना पीडित परिवारसँग छ ।’

प्रहरीले सुरुमा निकोललाई लापरवाहीपूर्वक गाडी चलाएको भन्दै रोकिएको बताएको थियो । तर उनीमाथि लापरवाहीले सवारी चलाएको आरोप भने प्रमाणित हुन सकेको थिएन ।

यति हुँदाहुँदै पनि प्रहरीले उनीमाथि कुटपिट गरेका थिए । गम्भीर कुटपिटका कारण तीन दिनपछि जनवरी १० मा निकोल्सको अस्पतालमा मृत्यु भयो । निकोल्स एक अश्वेत थिए र उनलाई कुटपिट गर्ने पाँचै जना आरोपी पनि अश्वेत हुन् ।

tayari

अभियुक्त पुलिसकर्मी

भिडियोमा के छ ?

भिडियोको पहिलो क्लिपमा प्रहरीले निकोल्सलाई जबरजस्ती गाडीबाट बाहिर निकाल्ने प्रयास गरिरहेका छन् । भिडियोमा उनीहरु निकोल्सलाई नराम्रोसँग कराइरहेका छन् ।

भिडियोमा निकोल्सले आफूले केही नगरेको बताएका छन् । तर प्रहरीले उनलाई भुइँमा सुत्न भनिरहेका छन् ।

मेम्फिस पुलिसले त्यो ट्राफिक स्टपको चार ग्राफिक भिडियोहरू जारी गरेको छ । आफूसँग एक घण्टाको फुटेज रहेको प्रहरीले जनाएको छ ।

भिडियोमा एक प्रहरी अधिकारीले उनलाई गाली गर्दै भुइँमा सुत्न आग्रह गरिरहेका छन् भने अर्का अफिसरले उनलाई ‘गोली हान’ भन्दै गरेको देखिन्छ ।

यस्तै, अर्का अधिकारीले निकोलसलाई आफ्नो हात पछाडि  राखेर बाँधिदिन भनेका छन् । त्यसको केही समयपछि उनी कसैगरी त्यहाँबाट भागिरहेको पनि देखिएका छन् ।

tayari mother

निकोल्सकी आमाले रो भन वेल्स

यसैबीच, युटिलिटी पोलमा राखिएको क्यामेराबाट रेकर्ड गरिएको भिडियोले निकोललाई आवासीय क्षेत्रमा केही पुलिसकर्मीहरूले कुटपिट गरेको देखाइएको छ – दुईजना पुलिसकर्मीले निकोललाई भुइँमा सुताइरहेका छन् र अर्कोले उनलाई लट्ठीले कुटिरहेका छन् । उनीमाथि लात र मुक्का पनि बर्सिरहेको देख्न सकिन्छ ।

पुलिसको शरीरको क्यामेराबाट खिचिएको तेस्रो र चौथो भिडियोमा निकोल्स तल झुकेको देखिन्छ । प्रहरीहरुले आँखामा पेपर–स्प्रे लगाएर कुटपिट गरिरहेका छन् । त्यतिबेला निकोल्स चिच्याउँदै आफ्नी आमालाई बोलाइरहेका छन् ।

भिडियोमा यो घटनाको बारेमा जनतालाई कसरी बताउने भन्नेमा प्रहरीहरु आपसमा सल्लाह गरिरहेको पनि देख्न सकिन्छ ।

प्रहरीका अनुसार निकोल्सले उनीहरुको बन्दुक खोस्नका लागि झम्टिरहेका थिए तर जुन भिडियो जारी गरिएका छन्, त्यसबाट यी आरोप प्रमाणित भइरहेका छैनन् ।

अधिकारीले यो पनि भनिरहेका छन् कि उनीहरुले कारबाट त्यस्तो केही भेटेनन् ।

निकोल्स को थिए ?

निकोल्सकी आमाले रो भन वेल्सले आफ्नो छोरालाई गोली हानेको समयमा घरबाट ७० मिटर मात्र टाढा रहेको बताएकी थिइन् ।

निकोल्सको परिवारको बारेमा जानकारी दिनेहरूले उनको चार वर्षको छोरा रहेको बताए । उनी स्केटबोर्डिङमा धेरै रुचि राख्थे र भर्खरै फोटोग्राफी कक्षामा सामेल भएका थिए । निकोल्स फेडेक्स पार्सल डेलिभरी कम्पनीमा काम गर्थे ।

निकोल्सका वकिल एन्टोनियो रोमानुचीले भने, ‘कानुनी रुपमा हेर्ने हो भने यी युवा व्यक्ति (निकोल्स) लाई आतंकित बनाइएको थियो ।’

यस केसका सबै पाँच आरोपी प्रहरीहरू – टेड्रियस बीन, डिमिट्रियस हेली, डेसमन्ड मिल्स जुनियर, एमिट मार्टिन तृतीय र जस्टिनलाई ( यस हप्ता बर्खास्त गरियो । उनीहरु सबैलाई नियन्त्रणमा लिइएको छ । उनीमाथि हत्या लगायतका विभिन्न अभियोग लगाइएको छ ।

मेम्फिस प्रहरी निर्देशक सेलेरिन डेभिसले यसलाई ‘घृणित, लापरवाह र अमानवीय घटना’ भने ।

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप