शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरबाट १७ वर्षपछि फरार दुई अभियुक्त  पक्राउ

आइतबार, १५ माघ २०७९, १७ : ०९
आइतबार, १५ माघ २०७९

भक्तपुर । भक्तपुरबाट कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । 

३० माघ २०६२ मा भक्तपुरको चाँगुनारायण नगरपालिका–९ (साबिक ताथली गा.बि.स. ८)  ताथलीमा रहेको गणेश ईट्टा भट्टामा काम गर्ने रोल्पाका ४१ वर्षीय कृष्ण योगीको हत्या गरेर फरार रहेका उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

काभ्रे मण्डनदेउपुर नगरपालिका– १ का ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षका बहादुर तामाङलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । 

प्रहरी वृत्त जगातीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।-न्युज कारखाना 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप