शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नियुक्त नहुँदै देसाइको प्रशिक्षण

आइतबार, १५ माघ २०७९, १७ : ५६
आइतबार, १५ माघ २०७९

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले आइसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा प्रशिक्षण लिइरहेको छ ।  नेपाली टोलीका मुख्य प्रशिक्षकका लागि सिफारिस भएका मोन्टी देसाइले अहिले टिमलाई प्रशिक्षण दिइरहेका छन् ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनको नियुक्तमा ढिलाइ गरेपछि क्यानले नै उनलाई भोलेन्टियरको रुपमा प्रशिक्षकको रुपमा राखेको छ । 

देसाइ आइतबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेलाडीसँग देखिएका थिए । नेपाल क्रिकेट संघ क्यानका प्रबन्ध निर्देशक वृतान्त खनालले आफुले नै मौखिक रुपमा टिमसँग जान निर्देशन दिएको रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप