पार्टीबाट कार्यादेश पाएसँगै प्रचण्ड भेट्न बालुवाटार पुगे रवि लामिछाने

काठमाडौं । एकैदिन पार्टी साधारण सदस्य र केन्द्रीय सदस्य हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा चयन भएका रवि लामिछानेले राजनीतिक भेटवार्ता थालेका छन् ।
सर्वोच्च अदालतबाट भएको आदेशअनुसार प्रशासनबाट आइतबार नेपाली नागरिकता कायम भएसँगै लामिछाने आज सबै प्रक्रिया पुरा गरेर केन्द्रीय समितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति चुनिएका थिए ।
त्यसपछि बैठकले गृह मन्त्रालयको बारेमा कसरी पार्टीको कमब्याक हुने भन्नेबारे सत्ता साझेदार दलसँग छलफल गर्न लामिछानेलाई कार्यादेश दिएको थियो । सोही अनुसार उनले आइतबार साँझ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
भेटका क्रममा लामिछानेले प्रचण्डसँग समसामयिक र विकसित विषयवस्तुका बारेमा छलफल गरेका थिए । सो क्रममा उनले प्रचण्डलाई गृह मन्त्रालय पार्टीले नै पाउनुपर्ने विषयमा आफ्नो धारणा राखेको बताइएको छ । यद्यपि नेपाली नागरिकता कायम भएपछि उनले आफैँ गृहमा जाने या अरूलाई पठाउने भन्नेबारे प्रचण्डसँग के कुरा गरे भन्नेचाहिँ खुलेको छैन ।
आइतबारको केन्द्रीय समिति बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफ्नै पार्टीले पाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
प्रवक्ता डा मुकुल ढकालले गृहमन्त्रीमा पार्टीको दाबी स्वभाविक भएको बताए । तर, सो मन्त्रालय फेरि पाउने अवस्था बने को जाने भन्नेबारे भने तय नभएको बताए । सत्ता साझेदार दलका नेताहरुसँग छलफलपछि रास्वपाले यसबारे थप निर्णय लिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुक र जनताप्रति समर्पित भएर काम गर्छु : उपप्रधानमन्त्री खड्का
-
सुदूरपश्चिममा एमालेभित्र द्वन्द्व, भीम रावललाई कारबाहीको चेतावनी
-
मन्त्रालयको कामलाई नतिजामुखी बनाउने छु : ऊर्जामन्त्री बस्नेत
-
कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन
-
भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ
-
खप्तड गोल्डकप : उपाधिमा मनाङ र थ्री स्टारको दाबी