रास्वपाको एकैदिन तीन वटा बैठक, लामिछाने केन्द्रीय सदस्यमा मनोनितदेखि सभापति चयनसम्म

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबार एकैदिन तीन वटा बैठक बसेको छ । पार्टी कार्यालयमा बसेको तीन वटा बैठकले रवि लामिछानेलाई पार्टीमा पुनः स्वागत गर्नेदेखि केन्द्रीय सदस्यमा मनोनयन र सभापति चयन गर्ने प्रक्रिया पुरा गरिएको छ ।
बैठकपछि पार्टीका प्रवक्ता डा मुकुल ढकालले तीन वटा बैठक बसेर विभिन्न निर्णय गरिएको बताए । उनका अनुसार लामिछानेको काठमाडौँ जिल्ला अदालतबाट नागरिकता पुनः कायम भएसँगै पार्टीको सदस्यता लिनेलगायतका आवश्यक प्रक्रिया पुरा भएको थियो ।
त्यसपछि बसेको केन्द्रीय समिति बैठकमा उनलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने प्रस्ताव पेश भएको थियो । कार्यबाहक सभापति डोलप्रसाद अर्यालको सभापतित्वमा बसेको बैठकले लामिछानेलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको ढकालले जानकारी दिए ।
त्यसपछि फेरि अर्यालयकै सभापतित्वमा बसेको अर्को बैठकले लामिछानेलाई पुनः सभापति चयन गर्ने प्रस्ताव गरिएको थियो । सो प्रस्ताव पनि सर्वसम्मतले पारित भएको उनको भनाइ छ ।
त्यसपछि लामिछानेको सभापतित्वमा बसेको बैठकले यसअघि स्थगित भएको संगठन विस्तारको कार्यक्रमलाई आगामी माघ २१ गतेदेखि सुरु गर्ने निर्णय गरेको ढकालले जानकारी दिए ।
जसअनुसार माघ २१ गण्डकीमा विस्तारित समितिको बैठक बस्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको कार्यतालिका पुरानै तय गरिएको छ । प्रदेश १, मधेस प्रदेश र बागमतीको हकमा भने संगठन विभागको बैठक बसेर मिति तय गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक सञ्जालले आर्थिक विकासमा टेवा पुग्छ : मन्त्री ज्वाला
-
महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ
-
पाकिस्तानमा हिन्दु डाक्टरको गोली हानेर हत्या
-
भारतमा फेरि बढे कोरोनाका बिरामी, सचेत रहन डब्ल्युएचओको आग्रह
-
सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु
-
नुवाकोटमा टाटासुमो दुर्घटना, २ जनाको निधन, ११ जना घाइते