‘हामीलाई ५/१० दिनमा लाइसेन्स चाहिएको छ, यता पानीजहाज कार्यालय उद्घाटन गर्ने काम हुँदैछ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुशासन नसुधारिकन पानीजहाज र मोनोरेलको सपना देखाएर मात्रै नहुने बताएका छन् । विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल गर्दै उनले देशमा सुशासन सुधार गर्नुपर्ने अवस्था रहेको भन्दै सरकारले भने अर्कै सपना देखाउने गरेको उल्लेख गरे ।
उनले आवश्यकता र सरकारको प्राथमिकता फरक भएको भन्दै सुशासनको विषयमा जोड दिन आग्रह गरे । ‘हामीलाई ५/१० दिनमा लाइसेन्स चाहिएको छ, यता पानीजहाज उद्घाटन गर्ने काम हुँदै छ,’ उनले भने ।
सरकारको आकार धेरै भएको उल्लेख गरे । सङ्घीयताको सबलीकरणका लागि धेरै संस्था खोल्यौँ पनि बन्द गर्नुपर्ने संस्था भने बन्द नभएको उनले बताए । तीन वर्षअघिको बजेटले ११२ वटा संस्था बन्द गर्ने भनेकोमा नभएको उनको भनाइ छ ।
आगामी दिनमा साङ्गठनिक अभ्यास, राजनीतिक सुधार र कार्यविधिका परिवर्तन गर्न उनले सरकारलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण