शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्ला र मुगुमा भूकम्पको भ्रामक हल्ला, मानिस रातभर सडकमा

सोमबार, १६ माघ २०७९, ०८ : ४८
सोमबार, १६ माघ २०७९

जुम्ला र मुगुमा भुकम्प आउछ भनेर हल्ला फैलाउने मानिसको खोजी भइरहेको छ । भूकम्प आउँदै छ भन्ने हल्लाले रातभर जुम्ला र मुगुका केही स्थानका मानिसहरु घर वाहिर निस्केका थिए।  जुम्ला सदरमुकाममा केही मानिसहरु घर बाहिर निस्केर आगो बालेर बसिरहेका थिए । मानिसहरुले दुख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक मानिसको खोजी शुरु गरेको हो।

जुम्लाको माईनस डिग्री कठाग्रिदो चिसोमा मानिसिहरु भुकम्प आउँदैछ भन्ने हल्लाले बाहिर बस्न बाध्य भएका हुन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले भुकम्प आउँदैछ भनेर आफूलाई रातभर फोन आएर हैरान बनाएको बताए। मानिसहरुलाई यसरी दुख दिनेलाई खोजी कार्य शुरु भएको र कारवाही गरिने केशरीले बताए ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय विपत व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले अनुसार भुकम्प आउने पूर्व अनुमान पहिलेनै गर्न नसकिने  बताए । यो हल्ला फैलाउने व्यक्तिको खोजी कार्यगरी कारबाही हुन आवश्यक रहेको उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप