फागुन १९ मै रिलिज होला त ‘परस्त्री’ ?
काठमाडौंँ । कलाकार समेत रहेका सुरज पाण्डेको निर्देशनमा बनेको फिल्म हो ‘परस्त्री’ । सुरजको यो निर्देशनमा डेब्यु फिल्म हो ।
फिल्मको रिलिज मिति १९ फागुन बताइएको छ । यो मितिमा ‘छक्का पन्जा ६’ र ‘छड्के २’ समेत रिलिज हुँदैछन् । एकै मितिमा रिलिज हुने ‘छक्का पन्जा ६’ र ‘छड्के २’ले केही प्रचार सामाग्री सार्वजनिक गर्दा पनि ‘परस्त्री’ भने चुपचाप छ ।
श्रोतलाई पत्याउने हो भने यो फिल्म फागुनमा नआउने भएको छ । फिल्म चैत्रको १२ गते रिलिज गर्ने तयारी भएको छ । फागुन १९ मा ‘छक्का पन्जा ४’ र ‘छड्के २’ रिलिज हुने भएपछि ‘परस्त्री’ केही साता सारिन लागेको हो ।
फिल्मको निर्माता शर्मिला पाण्डे हुन् । पाण्डेले भने फिल्मको रिलिज नसर्ने बताउँदै आएकी छन् । शर्मिलाले यस अगाडि ‘आमा’ र ‘चिसो मान्छे’ बनाएकी छन् । निर्देशक सुरज पनि उनकै छोरा हुन् । सामाजिक कथामा राम्रो फिल्म बनाउँदै आएकी शर्मिला ‘परस्त्री’ एकदमै राम्रो बनेको दाबी गर्छिन् । फिल्मको लगानी २ करोड बताइन्छ ।
फिल्ममा कोशिश क्षेत्री र शिल्पा मास्के मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण