बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चालकलाई ६ महिना निलम्बन गर्ने कानुन परिवर्तन गर्न व्यवसायीको माग

बुधबार, १८ माघ २०७९, १८ : ०८
बुधबार, १८ माघ २०७९

काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय महासंघले चालकहरुका लागि ल्याएको नियम (कानुन) परिवर्तन गर्न माग गरेका छन् । बुधबार अध्यक्ष डोलनाथ खनालको नेतृत्वमा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठलाई बधाई तथा शुभकामना दिन पुगेको प्रतिनिधिहरुको समूहले  सो माग गरेकाे हाे ।

महासंघका प्रतिनिधिहरुले बुझाएको पत्रमा चालकहरुले ५ पटकभन्दा बढी जुनसुकै सामान्यभन्दा सामान्य कसुर गरेमा ६ महिना निलम्बन गर्ने कानुन कार्यान्वयनले स्थानीय तहका रुटमा समस्या देखापरेको जनाइएको छ । सो नियमले यातायात व्यावसायी, कर्मचारी र  त्यस क्षेत्रसँग सम्बन्धित मजदुरहरु मारमा परेको समेत बताइएको छ । 

पत्रमा चालक तथा सवारी धनीबाट अधिकतम  रुमपा जरिवाना  उठाउने उद्धेश्य देखिएको जनाउँदै न्यायोचित मात्रमा जररिवाना वा सजाय हुनेगरी आवश्यक निर्देशन दिनसमेत मन्त्रीसँग अनुरोध गरिएको छ । 
यस्ता छन्  यातायात व्यावसायीका अन्य माग :

123


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप