ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह
रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकका ठुला दलहरुले देशलाई निकास दिन नसक्ने बताएका छन् । शुक्रबार रौतहटको गरुढामा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले अब आजपाले मात्र देशलाई विकसित र समृद्ध बनाउने दावी गरे ।
अध्यक्ष साहले ठुला दलका नेताले जनतामाथि अन्याय र अत्याचार गर्न थालेपछि आफ्नो नेतृत्वमा नयाँ दल स्थापना गरेको स्पष्ट पारे । उनले भने, ‘ठुला दल र ती पार्टीका नेताले देशलाई निकास दिन सक्दैनन् । अब आजपाले मात्र देशलाई विकसित र समृद्ध बनाउँछ ।’
उनले विदेशी मुलुकहरुमा सरकार सानो हुने तर नेपालमा भने ७६१ वटा सरकार भएकोले आथिर्क भार बढेको आरोप लगाए । उनले आम जनताका लागि लड्ने कोही नभएको बताउँदै त्यसैले देशमा गरिबी बढेको बताए ।
पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेश इन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्य कुन्दन कुशवाहा, आम मुस्लिम संगठनका केन्द्रीय अध्यक्ष लालबाबु मंसुरी, उमेश कुशवाहा, बबिता साह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण