बंगलादेशसँग नेपाल पराजित
शनिबार, २१ माघ २०७९, ०० : ००

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग हार ब्यहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बंगलादेशलाई जित दिलाउन शाहिदा अक्तर रिपाले दुई गोल गरिन् । मस्ट अक्लिमा खातुनले एक गोल गरिन् ।
नेपालका मनमाया दमाइले एक गोल गरिन् । नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । बंगलादेशले भने पहिलो खेलमै ३ अंक जोडेको छ ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ
-
खप्तड गोल्डकप : उपाधिमा मनाङ र थ्री स्टारको दाबी
-
तस्बिरमा हेर्नुहोस्, उपाधि जितेको खुसीयाली
-
धिरज र जसिता अभिनित ‘आई एम ट्वान्टी वान’को यस्तो छ ‘योद्धा’ गीत
-
‘तिमीसँगै हुँदा’ मा कलासँग पलको रोमान्स
-
‘शिरको नाम्लो’मा सञ्चिता फकाउँदै सरोज र धिरेन