जीडीपीमा सहकारीको योगदान २० प्रतिशत माथि छ : सचिव डा.रेग्मी

काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण सचिव डा.दामोदर रेग्मीले कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सहकारीको योगदान २० प्रतिशत माथि रहेको बताएका छन् । हालै राजधानीमा सम्पन्न ‘सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) को सफलता र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सचिव रेग्मीले ग्रामीण अर्थतन्त्रको मुख्य पाटो सहकारीको योगदान राष्ट्रिय उत्पादनमा ४–५ प्रतिशत मात्र हुनै नसक्ने बताए ।
सचिव रेग्मीले भने, ‘तथ्याङ्कमा सहकारीको योगदान ४–५ प्रतिशत रहेको बताउने गरिएको छ । तर, यति मात्र हुनै सक्दैन । ग्रामीण अर्थतन्त्रको मेरुदण्ड सहकारीको योगदान राष्ट्रिय उत्पादनमा २० प्रतिशत माथि छ, तथ्याङ्क खोजौँ’ उनले भने ।
सोही अवसरमा डा.रेग्मीले बैंक नै नपुगेको, ग्रामीण क्षेत्रमा बैंकिङ कार्य गर्दै सर्वसाधारणलाई बचत र लगानी गर्न सिकाउने सहकारीको महत्त्वलाई बुझ्न नसकिएको भन्दै यसभित्रको विकृतिलाई चिर्नुपर्ने बताए ।
राष्ट्रिय सहकारी महासङ्घको आयोजनामा राजधानीमा दुई दिन चलेको उक्त अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश अन्तर्गत सिएमडिपी कार्यक्रम लागू भएका ६ वटा जिल्लाका सहकारीकर्मीहरु सहभागी भएका थिए ।
नेपाल सरकार र युएनडिपीको साझेदारीमा सञ्चालित सिएमडिपी कार्यक्रम नुवाकोट, धादिङ, चितवन, काभ्रेपलान्चोक, मकवानपुर र ललितपुरमा कार्यान्वयनमा रहेको छ । स्थानीय कृषि उत्पादनलाई बजारसँग जोड्ने गरी तयार गरिएको यस कार्यक्रमका लागि कुल एक अर्ब १४ करोड बजेट छुटाइएको छ । जसमध्ये ५१ करोड सरकारले र २० करोड युएनडिपीले लगानी गर्ने रहेको छ भने अपुग अन्य स्रोतबाट व्यवस्थापन गर्ने रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलरको भाउ घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने