पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा
कास्की । नेपाल फोटो पत्रकार सङ्घ कास्कीले विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि फोटो यात्रा अभियान सुरु गरेको छ ।
हरेक गन्तव्यको प्रवर्द्धनका लागि फोटोको विशिष्ट महत्व हुने कुरालाई दृष्टिगत गर्दै फोटो यात्रा अभियान सुरु गरिएको नेपाल फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष राम गुरुङले जानकारी दिए।
अभियान स्वरुप थालिएको फोटो यात्राका क्रममा सङ्घले होटेल बाराही ग्रुपको सहयोगमा चितवनको मेघौली र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ को सहयोगमा उक्त वडाको आर्वास्थित महाप्रभुधामलाई समेटिसकेको उनले बताए ।
अभियानलाई व्यवस्थित एवम् दीर्घकालीन रुपमा सञ्चालन गर्ने लक्ष्यका साथ सङ्घले अक्षयकोष स्थापना गरी यसलाई विस्तार गर्ने योजनासमेत अघि बढाएको छ ।
अध्यक्ष गुरुङ र सदस्य सञ्जय शाक्यले जनही रु १०/१० हजार जम्मा गरी सुरु गरिएको अक्षयकोषको विस्तारका लागि सम्बद्ध सबैसँग आह्वानसमेत गरिएको छ ।
यस अभियानका माध्यमबाट देशका विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा विशिष्ट योगदान पुर्याउने लक्ष्य राखिएको अध्यक्ष गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण