कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई
विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशका सांसद रामकुमार खत्रीले अन्तरजातीय विवाह गरेका छन् । उदयपुरको निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित सांसद खत्रीले उदयपुर कटारी–५ की सपना गुरुङसँग विवाह गरेका हुन् ।
काठमाडौँमा सामान्य ढङ्गले विवाह गरेका उनले आफूले विवाह भोजमा गर्ने खर्च वृद्धाश्रमलाई दिने बताए । कटारी नगरपालिका ३ मा रहेको कृष्ण प्रणामी मन्दिर तथा वृद्धाश्रमलाई भोज नगरेर बचाएको १ लाख रुपैयाँ हस्तान्तरण गर्ने उनले बताए ।
उनको बुधवार विवाह भएको हो । खत्रीले कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् ।
‘विवाह दुई परिवारको आफन्त मात्रै बोलाएर गरिएको हो,’ खत्रीले भने, ‘धेरै तामझाम गर्दा राम्रो सन्देश नजाने ठानेर नै बिहे भोज नगरी वृद्धाश्रमलाई १ लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय गरेको छु ।’ खत्री कांग्रेसका नेता पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०१२ को दिल्ली बलात्कारको झल्को दिने गरी भारतमा अर्को क्रूर सामूहिक बलात्कार
-
नेपालमा सार्वजनिक भयो जीडब्लुएम ओरा ५ ईभी, एकपटकको चार्जमा ५२० किमिसम्म चल्ने दाबी
-
४ अर्ब ३० करोडको बजेट ल्याउँदै वीरगञ्ज महानगरपालिका
-
राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित
-
ट्रम्पको बहुलठ्ठीपनः अमेरिकी साम्राज्यवादको संकट
-
गण्डकीमा थपिँदै रुग्ण आयोजना, ५४ ठुला आयोजना अलपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण