कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशका सांसद रामकुमार खत्रीले अन्तरजातीय विवाह गरेका छन् । उदयपुरको निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित सांसद खत्रीले उदयपुर कटारी–५ की सपना गुरुङसँग विवाह गरेका हुन् ।
काठमाडौँमा सामान्य ढङ्गले विवाह गरेका उनले आफूले विवाह भोजमा गर्ने खर्च वृद्धाश्रमलाई दिने बताए । कटारी नगरपालिका ३ मा रहेको कृष्ण प्रणामी मन्दिर तथा वृद्धाश्रमलाई भोज नगरेर बचाएको १ लाख रुपैयाँ हस्तान्तरण गर्ने उनले बताए ।
उनको बुधवार विवाह भएको हो । खत्रीले कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् ।
‘विवाह दुई परिवारको आफन्त मात्रै बोलाएर गरिएको हो,’ खत्रीले भने, ‘धेरै तामझाम गर्दा राम्रो सन्देश नजाने ठानेर नै बिहे भोज नगरी वृद्धाश्रमलाई १ लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय गरेको छु ।’ खत्री कांग्रेसका नेता पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेन्ट लुइसमा घुम्रपात आउँदा पाँच जनाको मृत्यु
-
हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त
-
सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष