नवौँ पोखरा स्पोटर्स अवार्ड : ४ विधामा मनोनयन सार्वजनिक
पोखरा । नवौँ पोखरा स्पोटर्स अवार्डका लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले सार्वजनिक गरेको सूची अनुसार वर्ष उत्कृष्ट पुरुष खेलाडी विधामा भलिबलका विश्वास अधिकारी, टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ मनोनयनमा परेका छन् ।
वर्ष उत्कृष्ट महिला खेलाडी विधाको मनोनयनमा भलिबलकी अरुणा शाही, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर र फेन्सिङकी कृपा गुरुङ गरेकी छन् । वर्ष खेलाडी पुरुष र महिला हुने खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् ।
उदीयमान खेलाडीको विधामा एथलेटिक्सका बादल कार्की, भलिबलका जितबहादुर सार्की र क्रिकेटकी रचना चौधरी परेका छन् । उत्कृष्ट प्रशिक्षकमा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र फुटबलका राजेन्द्र तामाङ उत्कृष्ट ३ मा परेका छन् ।
वैशाख २६ गते पोखरा बुलौदीस्थित इभेन्ट सेन्टरमा आयोजना हुने स्पोट्र्स अवार्डमा कुल ७ विधामा अवार्ड प्रदान गरिनेछ । बाँकी विधाहरू लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल सङ्घ वा क्लब र पत्रकारिता अवार्डको घोषणा केही समय पछि सार्वजनिक गर्ने मञ्चले जनाएको छ ।
वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद सङ्घ संस्था वा क्लब तर्फका विजेताले नगद ३५ हजारसहित ट्रफी पाउनेछन् २०५७ सालमा स्थापना भएको खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोट्स अवार्ड गर्दै आएको छ । मञ्चमा हाल ७४ जना पत्रकार आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण