बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला

बुधबार, १७ वैशाख २०८२, २२ : ४४
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनेत्री सुरक्षा पन्तकाे बचाउ गरेका छन् । अन्तर्वार्ताको कारण राजावादीबाट आलोचित भइरहेकी पन्तको प्रतिरक्षामा ओली देखिएका हुन् ।

जनसांस्कृतिक महासङ्घको महाधिवेशनमा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले राजावादी सहन नसक्ने भएको बताए । ओलीले कलाकार र फिल्मलाई बहिष्कार गर्दा अरूलाई फरक नपर्ने धारणा राखे ।

‘कला मनपराउनेहरू, विभेद नगर्नेहरू, स्वतन्त्रताको झण्डा उठाउनेहरू थुप्रो छन्’, ओलीले भने ‘अर्को एउटा कलाकारले को बोल्नुभएको थियो– फिल्म बहिष्कार रे । कस्तो सहनै नसकेको होला ।’

‘एक जना कलाकारले एउटा मञ्चमा एक दुई शब्द बोल्दिएछिन् । डेमोक्रेसी भनेको सुन्नै नसक्ने, स्वतन्त्रता भनेको सुन्नै नसक्ने, वाक स्वतन्त्रता भनेको सुन्नै नसक्ने, कसैले विचार प्रकट गरेको सुन्नै नसक्ने । तानासाहीको प्रेत कस्तरी चम्किएको होला ?’ ओलीले भने ।

अभिनेत्री पन्तले केही साताअघि प्रदर्शनरत फिल्म ‘खेल’को  प्रमोसनको क्रममा दिएको अन्तर्वार्तामा पूर्व युवराज पारस शाहका छोरा हृदयेन्द्र फिल्म अभिनय गर्न उपयुक्त रहेको धारणा राखेकी थिइन् । उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा राजावादी उनीमाथि खनिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप