चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ४९ औं खेलमा पञ्जाब किंग्स विजयी भएको छ । पञ्जाबले चेन्नई सुपर किंग्सलाई ४ विकेटले हराएको हो । एमए चिदम्बरम् रंगशालामा टस जितेर पञ्जाबले फिल्डिङ रोज्दा सुरु व्याटिङ गरेको चेन्नईले १ सय ९१ रनको चुनौति पेश गरेको थियो ।
पञ्जाबले उक्त चुनौति २ बल बाँकी छँदै ६ विकेटको क्षतिमा पार गर्यो । उसका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ७२ रन बनाए । उनले ४२ बलको सामना गर्दै ५ चौका र ४ छक्का प्रहार गरे ।
दोस्रो विकेटका लागि प्रभसिमरन सिंहले अर्धशतक पारे गरे । उनले २६ बलमा ५४ रन बनाए । ओपनर प्रियांश आर्य र पाँचौ विकेटका लागि शशांक सिंहले समान २३-२३ रन बनाए । बलिङतर्फ चेन्नईका खलील अहमद र मथीशा पथिरानाले समान दुई-दुई विकेट लिए ।
जितपछि पञ्जाब १० खेलबाट १३ अंक बटुल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १४ अंक जोडेको रोयल च्यालेन्जर्स बैंग्लुरु शीर्ष स्थानमा छ । हारेको चेन्नई भने पुछारमा छ ।
आफ्नो दशौं खेलमा चेन्नईले १९.२ ओभरमा सबै विकेटको क्षतिमा १९० रन बनाएको थियो । चेन्नईका लागि साम करनले सर्वाधिक ८८ रनको रनको योगदान गरे । उनले ४७ बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।
डेवाल्ड ब्रेभिसले २६ बलमा ३२ रन जोडे । उनले २ चौका र १ छक्का हिर्काए । रवीन्द्र जडेजाले १२ बलमा १७ रन तथा साइक रसिद र कप्तान महेन्द्रसिंह धोनीले ११-११ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
पञ्जाबका लागि युजवेन्द्र चहलले ३ ओभर बलिङ गर्दै ३२ रन खर्चेर ४ विकेट लिए । अर्शदीप सिंह र मार्को यानसेनले दुई-दुई विकेट तथा अजमतुल्लाह ओमरजाई र हरप्रित ब्रारले एक-एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२९ दिने आन्दोलनमार्फत के पाए शिक्षकले ? के भन्छन् महासङ्घ अध्यक्ष सुवेदी ?
-
सरकारसँगको सहमतिप्रति विद्यालय कर्मचारी रुष्ट, शिक्षकहरूले धोका दिएको आरोप
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता
-
धनगढीको डिपो गोदावरीमा सार्ने विषय रद्द, अन्त सार्ने कुरा कता हरायो ?
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति