बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने

बुधबार, १७ वैशाख २०८२, २२ : ५२
बुधबार, १७ वैशाख २०८२

किएभ । युक्रेनका प्रधानमन्त्री डेनिस श्मिगलले संयुक्त राज्य अमेरिकासँग ‘आगामी २४ घण्टाभित्र’ बहुप्रतीक्षित खनिज सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरेको बताएका छन् ।

सम्भावित सम्झौतापछि वासिङ्टन र किएभले संयुक्त रूपमा युक्रेनको खनिज स्रोतहरूको उत्खनन गर्नेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट प्राप्त युद्धकालीन सहायताको लागि ‘योगदान’ का रूपमा यसलाई उल्लेख गर्दै आएका छन् ।

‘युक्रेनको विकास र पुनरुत्थानमा संयुक्त लगानीका लागि यो वास्तवमै राम्रो, समान र लाभदायक अन्तर्राष्ट्रिय सम्झौता हो,’ श्मीगलले राष्ट्रिय टिभी प्रशारणमा भनेका छन् । ‘मलाई आशा छ, निकट भविष्य अर्थात् आगामी २४ घण्टाभित्र सम्झौतामा हस्ताक्षर हुनेछ र हामी पहिलो कदम चाल्नेछौं,’ उनले भने ।

किएभ र वासिङ्टनले सम्झौतामा हस्ताक्षर गर्ने योजना केही हप्ताअघि नै बनाएका थिए तर ह्वाइट हाउसमा ट्रम्प र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच भएको भनाभनको स्थितिपछि अस्थायी रुपमा वार्ता अवरुद्ध भएको थियो ।
 
युक्रेनले रुसको तीन वर्षे आक्रमणलाई रोक्नको लागि कुनै पनि सम्झौताको एक भागको रूपमा सुरक्षा ग्यारेन्टीको लागि जोड दिइरहेको छ । युक्रेनमा अमेरिकी व्यापारिक स्वार्थलाई बढावा दिनाले युद्धविरामको स्थितिमा भविष्यमा हुने आक्रमणबाट रुसलाई रोक्न मद्दत पुग्ने अमेरिकाको तर्क छ ।
 
युक्रेनी राष्ट्रपतिको एक उच्च स्रोतले सम्झौतामा युक्रेनका लागि कुनै सुरक्षा ग्यारेन्टी समावेश छ कि छैन भन्ने प्रश्नको जवाफ भने दिएन। यो सम्झौताबाट किएभले प्राप्त गरेको अघिल्लो सहयोगको लागि कुनै पनि ‘ऋण’ सँग जोडिने छैन र किएभ र वासिङ्टनबीच आधाआधा हिस्सा रहनेगरी संयुक्त कोषको सिर्जना हुनेछ । 

“यसले दलहरूको समानता सुनिश्चित गर्दछ । पुनर्निर्माणमा लगानी गर्न लगानी कोषको स्थापना गरिनेछ । यसमा अमेरिका र अमेरिकाबाट योगदान हुने परिकल्पना गरिएको छ।

संझौतामा वासिङ्टनले नयाँ सैन्य सहायता उपलब्ध गराउने सहमति गरिने र यसलाई कोषमा उनीहरूको योगदानको रूपमा गणना गरिनेछ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप