समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न प्रतिबद्ध छौँ : अर्थमन्त्री थापा
कैलाली । सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुरसिंह थापाले समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
धनगढीस्थित अर्थ मन्त्रालयमा मगलबार भएको छलफलमा उहाँले प्रदेशमा रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, मुक्त हलियालगायत सबैको अधिकार सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताए ।
कार्यवाहक मुख्यमन्त्रीसमेत रहेका थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत मुक्त कमैया, कम्लरी र हलिया पुनस्र्थापनाका सवाल सम्बोधन गर्न आवश्यक पहल गरिने बताए ।
“ नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यी समुदायको दिगो पुनःस्थापनका लागि निर्माण गरेको कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकार प्रतिबद्ध छ । सोअनुसार काम गर्न केही न केही कार्यक्रम अगाडि बढाउँछौँ”, उनले भने ।
कार्यक्रममा अर्थ राज्यमन्त्री प्रकाशबहादुर बमले पनि सरकारले मुक्त घोषणा गरेका समुदायका सवालमा आफूहरू गम्भीर रहेको बताए ।
कार्यक्रममा मुक्त कमैया, कम्लरी र हलिया अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिले पुनस्र्थापनाको सवाल सम्बोधनका लागि ध्यानाकर्षण पत्र बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण