अपडेट
चेकजाँचका क्रममा भागेको कार दुर्घटना, ४ सय २१ किलो गाँजा बरामद
बुधबार, १७ वैशाख २०८२, १० : ०२
धनकुटा। धनकुटाबाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान साँगुरीगढी गाउँपालिका- ६ नमस्ते झरनास्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश मुलघाटको चेक प्वाइन्ट डिउटीले शङ्का लागि चेकजाँच गर्न खोज्दा भागेको थियो ।
को २ प १७३४ नम्बरको कार भागेपछि पिछा गर्दैगर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको सशस्त्र प्रहरीले जनाएको छ ।
दुर्घटनापछि चालक फरार भएको अवस्थामा नियन्त्रणमा लिइएको कारबाट १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
कार र बरामद गाँजा थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण