निर्धारित समयभन्दा २ घण्टा ढिला गरी बागमती प्रदेशसभा बैठक सुरु
हेटौंडा । बागमती प्रदेशसभाको बैठक निर्धारित समयभन्दा २ घण्टा ढिला गरी सुरु भएको छ । आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक दिउँसो ३ बजेबाट मात्र सुरु भएको हो । संसदको कार्यसूची निर्माणको लागि बसेको सर्वदलीय बैठकमा उक्त विषयका दलहरुबीच सहमति जुट्न नसक्दा प्रदेशसभा बैठक निर्धारित समयमा ढिलाई भएको हो ।
प्रदेशसभाको आजको बैठकमा शून्य समय र कार्यव्यवस्था परामर्श समितिको गठन हुने कार्यक्रम रहेको छ । यसअघि बसेको सर्वदलीय बैठकले १६ सदस्यीय कायम गर्ने र समितिमा दलीय हिसाबमा प्रतिनिधि पठाउने निर्णयअनुसार कार्यव्यवस्था समिति गठन हुने भएको हो ।
समितिमा प्रदेशका सभामुख उपसभामुख र आन्तरिक मामिला तथा कानुन मन्त्री पदेन सदस्य रहने व्यवस्था रहेको छ । समितिमा नेपाली कांग्रेसका ४, नेकपा एमालेका ३, माओवादी केन्द्रका २ र अन्य दलबाट एक÷एक जना सदस्य रहने बैठकले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण