शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्धारित समयभन्दा २ घण्टा ढिला गरी बागमती प्रदेशसभा बैठक सुरु

आइतबार, २२ माघ २०७९, १५ : ३७
आइतबार, २२ माघ २०७९

हेटौंडा । बागमती प्रदेशसभाको बैठक निर्धारित समयभन्दा २ घण्टा ढिला गरी सुरु भएको छ । आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक दिउँसो ३ बजेबाट मात्र सुरु भएको हो । संसदको कार्यसूची निर्माणको लागि बसेको सर्वदलीय बैठकमा उक्त विषयका दलहरुबीच सहमति जुट्न नसक्दा प्रदेशसभा बैठक निर्धारित समयमा ढिलाई भएको हो ।

प्रदेशसभाको आजको बैठकमा शून्य समय र कार्यव्यवस्था परामर्श समितिको गठन हुने कार्यक्रम रहेको छ । यसअघि बसेको सर्वदलीय बैठकले १६ सदस्यीय कायम गर्ने र समितिमा दलीय हिसाबमा प्रतिनिधि पठाउने निर्णयअनुसार कार्यव्यवस्था समिति गठन हुने भएको हो ।

समितिमा प्रदेशका सभामुख उपसभामुख र आन्तरिक मामिला तथा कानुन मन्त्री पदेन सदस्य रहने व्यवस्था रहेको छ । समितिमा नेपाली कांग्रेसका ४, नेकपा एमालेका ३, माओवादी केन्द्रका २ र अन्य दलबाट एक÷एक जना सदस्य रहने बैठकले निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप