शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाराबाट निर्वाचित स्वतन्त्र सांसद जसपामा प्रवेश

आइतबार, २२ माघ २०७९, २० : ४६
आइतबार, २२ माघ २०७९

काठमाडौँ । प्रदेश सभाको चुनावमा जनता समाजवादी पार्टी नेपालबाट बागी उम्मेदवार बनेर चुनाव जितेका शारदाशंकर प्रसाद कलवार पुनः पार्टीमा फर्केका छन् । बारा २ (क) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य कलवार आइतवार जसपामा फर्केका हुन् ।

उनले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका बलबीर चौधरी र माओवादीका उम्मेदवार मोतिलाल कुश्वाहालाई पराजित गरेका थिए । मधेश प्रदेशका अर्थ तथा योजना मन्त्री सञ्जयकुमार यादव, मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादवले उनलाई पार्टी प्रवेश गराएका हुन् । यससँगै मधेश प्रदेशमा जसपाको सांसद संंख्या १९ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप