शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनीमा रामकथा वाचन गर्न अनुमति दिएको भन्दै बौद्ध समुदायको विरोध

सोमबार, २३ माघ २०७९, १५ : ३५
सोमबार, २३ माघ २०७९

रुपन्देही । लुम्बिनीमा रामकथा वाचन गरिन लागेको भन्दै बौद्ध समुदायले विरोध जनाएका छन् । मंगलबारदेखि फागुन ३ गतेसम्म रामकथा वाचन गर्न लागिएको हो ।

त्यसको विरुद्धमा बौद्ध समुदायले विरोध प्रदर्शन गरेका छन् । बौद्ध जन्मस्थलमा हिन्दु सम्बन्धी कार्यक्रम गर्न लागिएको भन्दै उनीहरुले विरोध गरेका हुन् । उक्त रामकथा प्रवचनमा भारत तथा नेपालका गरी दुई हजार बढी श्रद्धालु सहभागी हुने जनाइएको छ ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथाका लागि हल प्रयोग गर्न अनुमति दिइएको बताए । तर बौद्ध धर्मसँग सम्बन्धित केही संस्थाहरूले विरोध जनाएका हुन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप