शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राम कथा प्रवचन दिन मुरारी बापु लुम्बिनीमा

सोमबार, २३ माघ २०७९, २० : ५९
सोमबार, २३ माघ २०७९

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा मंगलबारदेखि सुरु हुने राम कथा प्रवचनका लागि भारतबाट मुरारी बापु लुम्बिनीमा आएका छन् ।

मंगलबारदेखि फागुन ३ गतेसम्म जारी रहने राम कथा प्रवचनका लागि उनी सोमबार लुम्बिनी आएको प्रदेश सांसद सिके गुप्ताले बताए ।

प्रेम यज्ञ समितिको आयोजनामा राम कथा प्रवचन लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने जनाइएको छ  ।

कथा प्रवचनमा रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत सीमावर्ती भारतबाट आउने आयोजक समितिले जनाएको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप