भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीद्वारा नाम दर्ता

काठमाडौँ । वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को पहिलो संस्करणको अक्सनका लागि पाँच नेपाली क्रिकेट खेलाडीले नाम दर्ता गराएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले आयोजना गर्न लागेको डब्लुपिएको अक्सनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री, अलराउण्डर सीता रानामगर, अलराउण्डर कविता कुँवर, तिव्र गतिकी बलर अश्मिना कर्माचार्य र ब्याटर तथा उपकप्तान इन्दु बर्माले आफनो नाम दर्ता गराएका हुन् । बिसााईको अक्सन १३ फेब्रुअरीमा मुम्बईमा हुनेछ ।
सो अक्सनका लागि अहिलेसम्म एक हजार पाँच सय खेलाडीले नाम दर्ता गराएका छन् र अक्सनका लागि खेलाडीको अन्तिम सूची यसै साता सार्वजनिक गरिने छ ।
मुम्बईमा हुने अक्सनमा अधिकतम ९० खेलाडीमा बोली लाग्नेछ । पाँच टोली रहेको डब्लुपिएलमा एक टोलीले न्युनतम १५ देखि अधिकतम १८ जनासम्म खेलाडी अनुबन्ध गर्न पाउने छन् । प्रत्येक टोलीले सुरुआती ११ मा पाँच विदेशी खेलाडी खेलाउन पाउँदा कम्तीमा पनि एक एसोसियट राष्ट्रका हुनुपर्नेछ । त्यसैले पनि नेपाली खेलाडीले डुब्लुपिएल खेल्न पाउने उच्च सम्भावना रहेको छ ।
सो प्रतियोगिता मार्च चार देखि २६ सम्म सञ्चालन मुम्बईको ब्रेबोर्नी स्टेडियम र डिवाई पाटिल स्टेडियममा हुनेछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
-
लोकप्रियतावादतिर लाग्दिनँ भन्दै अर्थमन्त्रीले बजेटबारे गरेका पाँच संकेत
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने
-
शान्ति श्री र गौरवको 'लजाउने हैछौनि'मा मिस पवीकाे अभिनय