भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीद्वारा नाम दर्ता
काठमाडौँ । वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को पहिलो संस्करणको अक्सनका लागि पाँच नेपाली क्रिकेट खेलाडीले नाम दर्ता गराएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले आयोजना गर्न लागेको डब्लुपिएको अक्सनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री, अलराउण्डर सीता रानामगर, अलराउण्डर कविता कुँवर, तिव्र गतिकी बलर अश्मिना कर्माचार्य र ब्याटर तथा उपकप्तान इन्दु बर्माले आफनो नाम दर्ता गराएका हुन् । बिसााईको अक्सन १३ फेब्रुअरीमा मुम्बईमा हुनेछ ।
सो अक्सनका लागि अहिलेसम्म एक हजार पाँच सय खेलाडीले नाम दर्ता गराएका छन् र अक्सनका लागि खेलाडीको अन्तिम सूची यसै साता सार्वजनिक गरिने छ ।
मुम्बईमा हुने अक्सनमा अधिकतम ९० खेलाडीमा बोली लाग्नेछ । पाँच टोली रहेको डब्लुपिएलमा एक टोलीले न्युनतम १५ देखि अधिकतम १८ जनासम्म खेलाडी अनुबन्ध गर्न पाउने छन् । प्रत्येक टोलीले सुरुआती ११ मा पाँच विदेशी खेलाडी खेलाउन पाउँदा कम्तीमा पनि एक एसोसियट राष्ट्रका हुनुपर्नेछ । त्यसैले पनि नेपाली खेलाडीले डुब्लुपिएल खेल्न पाउने उच्च सम्भावना रहेको छ ।
सो प्रतियोगिता मार्च चार देखि २६ सम्म सञ्चालन मुम्बईको ब्रेबोर्नी स्टेडियम र डिवाई पाटिल स्टेडियममा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण