शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनलाई बलियो समर्थनका लागि अमेरिकालाई धन्यवाद : जेलेन्स्की

बुधबार, २५ माघ २०७९, १३ : २४
बुधबार, २५ माघ २०७९

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद दिएका छन् । जेलेन्स्कीले ट्वीट गर्दै उनलाई धन्यवाद दिएका छन् ।

उनले लेखेका छन्, ‘राष्ट्रलाई सम्बोधन गर्दै युक्रेनलाई बलियो समर्थनको लागि संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई धन्यवाद । युक्रेनलाई सहयोग गरेकोमा हामी अमेरिकी नेतृत्वप्रति आभारी छौँ । हाम्रो मूल्य समान छन् र हाम्रो एउटै उद्देश्य छ र त्यो हो जित । आफ्नो भविष्य आफैँ रोज्नु । यो लक्ष्य हो र यहि रहिरहनेछ ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी कंग्रेसलाई सम्बोधन गर्दै युक्रेनको लागि ऐक्यबद्धतामा उभिने कुरा गरेका थिए ।

बाइडेनले भने, ‘तपाईको देशलाई सहयोग गर्न अमेरिका एकजुट छ । जतिसुकै समय लागे पनि हामी तपाइँको साथमा उभिनेछौँ ।’

उनले नेटो गठबन्धन र रुसको अगाडि उसको बलियो शक्ति प्रदर्शनको पनि प्रशंसा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप