युक्रेनलाई बलियो समर्थनका लागि अमेरिकालाई धन्यवाद : जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद दिएका छन् । जेलेन्स्कीले ट्वीट गर्दै उनलाई धन्यवाद दिएका छन् ।
उनले लेखेका छन्, ‘राष्ट्रलाई सम्बोधन गर्दै युक्रेनलाई बलियो समर्थनको लागि संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई धन्यवाद । युक्रेनलाई सहयोग गरेकोमा हामी अमेरिकी नेतृत्वप्रति आभारी छौँ । हाम्रो मूल्य समान छन् र हाम्रो एउटै उद्देश्य छ र त्यो हो जित । आफ्नो भविष्य आफैँ रोज्नु । यो लक्ष्य हो र यहि रहिरहनेछ ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी कंग्रेसलाई सम्बोधन गर्दै युक्रेनको लागि ऐक्यबद्धतामा उभिने कुरा गरेका थिए ।
बाइडेनले भने, ‘तपाईको देशलाई सहयोग गर्न अमेरिका एकजुट छ । जतिसुकै समय लागे पनि हामी तपाइँको साथमा उभिनेछौँ ।’
उनले नेटो गठबन्धन र रुसको अगाडि उसको बलियो शक्ति प्रदर्शनको पनि प्रशंसा गरे ।
Thank you @POTUS for the powerful words of support for 🇺🇦 while addressing the nation. We are grateful for 🇺🇸 leadership in helping 🇺🇦, for solidarity of the entire 🇺🇸 people. Our values are the same, our common goal is victory. 🇺🇦 freely chooses its future. It is & will be so!
— Володимир Зеленський (@ZelenskyyUa) February 8, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण