सम्पत्ति शुद्धीकरण प्रकरणमा ६ वटा बैंक कारबाहीमा, २ करोड जरिवाना
काठमाडौँ । सम्पत्ति शुद्धीकरण प्रकरणमा ६ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । प्रभु बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, बैंक अफ काठमाण्डू (हाल ग्लोबल आईएमई बैंक), प्राइम कमर्सियल बैंक लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड र सानिमा बैंक लिमिटेड नियामक केन्द्रीय बैंकको कारबाहीमा परेका हुन् ।
यी बैंकहरु मध्ये प्रभु बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र प्राइम बैंकलाई समान ५०÷५० लाख रुपैयाँ गरी कूल २ करोड रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ । यी बैंकहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकाले जरिवाना गरिएको बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकले इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को कार्यान्वयनको सम्बन्धमा क्यापिटल एकुरेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएकाले पहिलोपटक चेतावनी दिइएको जनाएको छ । भने, सानिमा बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (७) को उल्लंघन हुनेगरी तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई थप सुविधा प्रदान गरेको देखिएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा (१) (क) अनुसार बैंकलाई सचेत गराइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण