विराटनगर महानगरको गैरकानुनी सूचना
_43GzKJBhIP.jpg)
विराटनगर । विराटनगर महानगरपालिकाले जारी गरेको बहुप्राविधिक शिक्षालयको निर्देशकका लागि दरखास्त आव्हानमा राखिएको उमेर हदको विषयमा चर्को आलोचना सुरु भएको छ । महानगरपालिकाले दुई दिन अगाडि विराटनगर महानगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँगको साझेदारीमा सञ्चालनमा रहेको महानगर बहुप्राविधिक शिक्षालयको लागि निर्देशक नियुक्तिका लागि दरखास्त आव्हान गरेको थियो ।
विराटनगर महानगरपालिकाले आफूले बनाएको ‘विराटनगर महानगरपालिका, महानगर बहुप्राविधिक शिक्षालय ऐन, २०७८’ को दफा १० बमोजिम निर्देशक नियुक्तिका लागि आव्हान गरिएको उल्लेख गरेको छ ।
निर्देशकको पद अधिकृतस्तर दशौं तह सरह रहेको छ । उम्मेद्वारको न्यूनतम शैक्षिक तथा अन्य योग्यतामा उमेरका हद ४५ वर्ष पुरा भई ६० वर्ष ननाघेको भन्ने उल्लेख छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जारी गरेको सूचनामा योग्यतामा ‘सेटिङ’ भएको आरोप लागेको छ ।
निजामती कर्मचारी सेवा ऐन अनुसार नेपाली नागरिकले नागरिकता पाएर १८ वर्ष उमेर पुगेपछि चौथो तथा पाँचौं तहमा उम्मेद्वारी दिन पाउँछ भने अधिकृतका लागि २१ वर्ष पुग्नुपर्छ । ‘एउटा सबल र दक्ष जशक्तिलाई वैज्ञानिक मापदण्ड कायम गरी पुनः दरखास्त गर्नुपर्दछ । उमेर र योग्यता यति अप्ठेरो बनाएर सबल महानगर निर्माण हुन सक्दैन । परिवर्तन आवश्यक छ,’ नेपाली काँग्रेस विराटनगरका सभापति दिपक चापागार्इंले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
यस्तै विराटनगरमै शिक्षण पेशामा रहेका सेवक बजगाईले पनि निश्चित व्यक्तिलाई फाइदा पुग्ने गरी उमेर र योग्यताको सीमा राखेको उल्लेख गरेका छन् । ‘निश्चित व्यक्तिलाई फाइदा पुग्ने गरी बनाइएको यो उमेर र योग्यताको सीमा नै गलत छ । पुनर्विचार गरी वैज्ञानिक मापदण्ड कायम गरी दरखास्त आव्हान गर्न महानगरलाई सुझाव साथै अनुरोध..,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न जिल्लामा ४ जना मृत फेला
-
मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न शीर्ष नेता बालुवाटारमा
-
आइएमई एजेन्ट्समार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने
-
रास्वपाले तोक्यो चौधरीलाई बारा २ को निर्वाचन संयोजक
-
वरिष्ठ उपाध्यक्ष पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता
-
१७ करोडको कोकिन : जलनको उपचार खर्च पाउने लोभमा अफ्रिका यात्रा