लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, को–को बने मन्त्री ? (सूचीसहित)
बुटवल । लुम्बिनी प्रदेशमा लीला गिरी नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
प्रदेश प्रमुख कार्यालयका अनुसार आर्थिक मामिला मन्त्रीमा जोखबहादुर महरा बन्दा चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकास मन्त्री, विष्णु प्रसाद पन्थी स्वास्थ्यमन्त्री र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री बनेका छन् ।
यसैगरी दुर्गा प्रसाद चौधरी वन तथा वातावरण मन्त्री, जानकी प्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री, तुलसी राम शर्मा, कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका छन् ।
यस्तै चन्द्रदेव गुप्ता सामाजिक विकास मन्त्री नियुक्त भएको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण