शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
फुटबल

भारतविरुद्ध मैत्रीपूर्ण खेल नेपालका लागि चुनौती र अवसर दुबै

आइतबार, २९ माघ २०७९, १५ : २८
आइतबार, २९ माघ २०७९

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोली भारतसँग मैत्रीपूर्ण खेलमा लागि सोमबार त्यसतर्फ प्रस्थान गर्दै छ । त्यसका लागि नेपाली टोलीले करिब एक महिना तयारी गरेको थियो । नेपाली टोलीको प्रशिक्षकको रूपमा अनन्तराज थापाले जिम्मेवारी लिएका छन् । उनले पहिलो पटक राष्ट्रिय टोली सम्हालिरहेका हुन् । राष्ट्रिय लिग पनि राम्रोसँग नभएको अवस्थामा नेपाली टोलीलाई भारतविरुद्धको खेल चुनौतीको रूपमा रहनेछ । 

त्यसका लागि तयारी भएको नेपाली टोलीका मुख्य प्रशिक्षक थापाले बताए । भारतविरुद्धको खेल नेपालका लागि सधैँ विशेष हुने भएकाले यो खेल पनि विशेष हुने बताए । ‘नेपालका लागि भारतविरुद्धको खेल सधैँ विशेष हुन्छ । यो खेल पनि हाम्रो लागि विशेष छ । अन्तिम पटकको भेटमा हाम्रोतर्फ नतिजा मोडिएको थियो । अहिले मैत्रीपूर्ण खेलमा पनि नतिजा हाम्रो पक्षमा पार्नका लागि पर्नेछौँ । त्यसको लागि हामी तयार छौँ,’ थापाले भने । 

थापाले आफूले पहिलो पटक टिम सम्हालेको हुँदा यसलाई अवसर र चुनौती दुवैको रूपमा हेरेको बताए । उनले टिमको कम्बिनेसन र खेल्ने तरिकामा पनि अहिले धेरै परिवर्तन भएकाले उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको बताए । 

‘मैले पहिलो पटक राष्ट्रिय महिला टोली सम्हाल्न पाएको छु । यो मेरो लागि अवसर र चुनौती दुवै हो । नेपाली टोलीको कम्बिनेसन र खेल्ने तरिकामा पनि निखारता आएको हुँदा उत्कृष्ट प्रदर्शनको अपेक्षा मैले गरेको छु,’ थापाले भने । 

थापाले यो मैत्रीपूर्ण खेलले आफ्नो फुटबल प्रशिक्षकको जीवनमा पनि ठुलो महत्त्व राख्ने बताए । यता खेलाडीहरूको लागि पनि यो खेल आफ्नो अघिल्लो प्रतियोगिताका लागि बलियो जग बसाउनका लागि उपयुक्त भएको बताए । 

‘यो मैत्रीपूर्ण खेलले मेरो व्यक्तिगत जीवनमा पनि विशेष भूमिका खेल्छ । यता खेलाडीहरूका लागि पनि अघिल्लो प्रतियोगिताका लागि जग बसाउने कुरामा विशेष भूमिका खेल्छ,’ थापाले भने । 

मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ । नेपाली टोलीले भारतसँग चेन्नईमा फेब्रुअरी १५ र १८ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपाली टोली सोमवार चेन्नई प्रस्थान गर्नेछ । 

नेपाली टोलीकी खेलाडी सरु लिम्बुले टिमको तयारीले मैत्रीपूर्ण खेलमा राम्रो नतिजाको अपेक्षा गरेको बताइन् । उनले अहिले टिममा नयाँ खेलाडीहरूको प्रदर्शनबाट पनि राम्रो अपेक्षा गरिएको बताइन् । लामो समय राष्ट्रिय लिग नभएका कारण केही कमजोरी भए पनि त्यसलाई सुधार गर्नका लागि यो मैत्रीपूर्ण खेल आधार हुने बताइन् । 

‘भारतविरुद्धको मैत्रीपूर्ण खेलमा हामीले सुखद नतिजाको अपेक्षा गरेका छौँ । सागमा हामीले भारतलाई हराएका थियौँ । अहिले उनीहरू हामीलाई हराउने मनसायका साथ आउनेछन् । हामी पनि बलियो टोलीलाई हराएर आगामी प्रतियोगिताका लागि बलियो रहेको प्रमाणित गर्न चाहन्छौँ,’ लिम्बुले भनिन् । 

सरुले राष्ट्रिय लिग र लामो समय प्रतियोगिता नहुँदा खेलाडीको प्रदर्शनमा केही कमी आउने अवस्था भए पनि सबैले आफ्नो शतप्रतिशत दिएर खेल्ने बताइन् । 

यता राष्ट्रिय टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले नेपाली टोलीले लामो समयपछि मैत्रीपूर्ण खेलबाट कम ब्याक गर्न लागेकाले यसलाई विशेष बनाउने बताइन् । साफमा भारतलाई हराउँदा पाएको बलियो आत्मबललाई निरन्तरता दिने आफ्नो प्रयास भएको बताइन् । 

‘नेपाली टोलीले लामो समयपछि मैत्रीपूर्ण खेलबाट कम ब्याक गर्दै छ । यसलाई हामी उत्कृष्ट नतिजासँगै सफल बनाउने योजनामा छौँ । साफमा भारतलाई हराउँदा आएको आत्मबललाई अहिले निरन्तरता दिनेछौँ,’ एन्जिलाले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप