मैत्रीपूर्ण खेल खेल्न भारत जाने नेपाली टोलीको बिदाइ
आइतबार, २९ माघ २०७९, ११ : ४४
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतमा मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको छ । नेपाली टोलीलाई आइतबार एन्फा कम्प्लेक्समा बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का किरण राई, प्रवक्ता सुरेश शाह लगायतले नेपाली टोलीलाई बिदाइ गरे ।
नेपाली टोलीले भारतसँग चेन्नईमा फेब्रुअरी १५ देखि १८ मा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोली सोमबार भारत प्रस्थान गर्नेछन् । मैत्रीपूर्णका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले नेपाली टोलीको घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण