बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चितवन २ मा उपनिर्वान : चैत २० गते मनोनयन दर्ता

आइतबार, २९ माघ २०७९, १८ : ०७
आइतबार, २९ माघ २०७९

काठमाडौँ । आगामी वैशाख १० गते चितवन संघीय निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ता चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने मिति चैत २२ गतेलाई तोकेको विज्ञप्तिमार्फत जानकारी दिएको हो । 
 
यस्तै उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी चैत २३ गते निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ । कार्यतालिकाअनुसार फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको पद गएसँगै उपनिर्वाचन हुन लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप