चितवन २ मा उपनिर्वान : चैत २० गते मनोनयन दर्ता
आइतबार, २९ माघ २०७९, १८ : ०७
काठमाडौँ । आगामी वैशाख १० गते चितवन संघीय निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ता चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने मिति चैत २२ गतेलाई तोकेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
यस्तै उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी चैत २३ गते निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ । कार्यतालिकाअनुसार फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको पद गएसँगै उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण