बास्केटबल प्रतियोगितामा पारामाउन्ट र एन्जल्स हार्टको जित
winner
_cSvcA4bUqO.jpg)
काठमाडौं । पारामाउन्ट र एन्जल्स हार्टले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेका छन् ।
पारामाउन्टले ओडिसी इन्टरनेसनल एकेडमीलाई १६–१२ ले पराजित ग-यो । पारामाउन्टको जितमा निरज प्याकुरेलले ३ अंक योगदान गरे । रुपेश पौडेलको ६ अंक सहयोमा एन्जल्स हार्टले आयोजक भद्रकालीलाई २७–१६ ले हरायो ।
सिनियर ब्वाइजमा सेब, एन्जल्स हार्ट, गोल्डेनपिक र ग्रिनल्यान्डले सफलता पाए । सेबले पञ्चायणलाई ३३–२८, एन्जल्स हार्टले जुगललाई २८–१०, गोल्डेनपिकले नेसनल युनाइटेडलाई ३५–१७ र ग्रिनल्यान्डले बागमतीलाई ४१–३० ले पाखा लगाए । सेबका विकास डंगोलले ११, एन्जल्स हार्टका हिमसागर पुनले १९, गोल्डेनपिकका दिनेश रापालले १९ र ग्रिनल्यान्डका प्रवीण गुरुङले १६ स्कोर गरे ।
सिनियर गल्र्समा ग्रिल्यान्डले जुगललाई १८–१० ले पन्छायो । ग्रिनल्यान्डका लागि प्रियंका मगरले ६ स्कोर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद थिङको सरकारलाई प्रश्न : अविवाहितमाथि विभेद गरी बढी कर उठाउन लाज लाग्दैन ?
-
आईएमएफले पाकिस्तानलाई दियो १ अर्ब डलर
-
नारायण र स्वरूपराजको सहकार्यमा ‘स्वार्थी संसार’ सार्वजनिक
-
प्रस्ट कार्ययोजना र प्रतिवद्धतापछि मात्रै संसद् भवनको म्याद थप हुन्छ : उपप्रधानमन्त्री सिंह
-
प्रिमियरमा ‘के घर के डेरा : घर नं २’ हेरेपछि सर्वसाधारणले के भने ?
-
खोला एकातिर पुल अर्कोतिर !