सिराहा सुपर मार्केटको गोदाममा आगलागी, करोडौँको क्षति

सिराहा । सिराहाको गोलबजारमा रहेको सिराहा सुपर मार्केटद्वारा सञ्चालित एवीमलको गोदाममा आगलागी भएको छ । गोलबजार नगरपालिका ४ मा रहेको एवीमलको गोदाममा आइतबार अपराह्न विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको हो ।
आगलागी हुँदा करोडौं मूल्य बराबरको खाद्यान्न, कपडा, इलेकट्रोनिक्स, फर्निचर, भान्साका सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब पाँच करोड ५० लाखभन्दा बढीको सामाग्री काम नलाग्ने भएको एवीमलका प्रमुख कार्यकारी अधिकृत पीन्टु राउतले जानकारी दिए । आगलागीबाट गोदामको भवनमा पनि क्षति पुगेको राउतले बताए ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर राजु केसीका अनुसार आगो नियन्त्रणमा ल्याइएको छ । क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए । स्थानीय, गोलबजर नगरपालिका, सिराहा नगरपालिका र लहान नगरपालिकाको दमकलले ३ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ
-
उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेटवार्ता
-
गोर्खा साँझ : कुमा सागर र ख्वप ब्यान्डको दुबईमा पहिलोपटक लाइभ कन्सर्ट
-
आइफेल टावर भन्दा अग्लो पुलको उद्घाटन गर्दै भारतीय प्रम मोदी
-
नयाँ मिस नेपालको खोजी सुरु
-
लुम्बिनी प्रदेशमा रू १० अर्ब राजस्व सङ्कलनको प्रक्षेपण