सिराहा सुपर मार्केटको गोदाममा आगलागी, करोडौँको क्षति
सिराहा । सिराहाको गोलबजारमा रहेको सिराहा सुपर मार्केटद्वारा सञ्चालित एवीमलको गोदाममा आगलागी भएको छ । गोलबजार नगरपालिका ४ मा रहेको एवीमलको गोदाममा आइतबार अपराह्न विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको हो ।
आगलागी हुँदा करोडौं मूल्य बराबरको खाद्यान्न, कपडा, इलेकट्रोनिक्स, फर्निचर, भान्साका सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब पाँच करोड ५० लाखभन्दा बढीको सामाग्री काम नलाग्ने भएको एवीमलका प्रमुख कार्यकारी अधिकृत पीन्टु राउतले जानकारी दिए । आगलागीबाट गोदामको भवनमा पनि क्षति पुगेको राउतले बताए ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर राजु केसीका अनुसार आगो नियन्त्रणमा ल्याइएको छ । क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए । स्थानीय, गोलबजर नगरपालिका, सिराहा नगरपालिका र लहान नगरपालिकाको दमकलले ३ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण