पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकको किटानी जाहेरी
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकले किटानी जाहेरी दिएका छन् । शाहसहितको समूहले विभिन्न कम्पनी खडा गरी अमेरिकाबाट पाँच वर्षमा ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपियाँ शङ्कास्पद रूपमा ल्याएको खुलेपछि सीआईबीले शाहसहित छ जनालाई पक्राउ गरी अनुसन्धान गर्दै छ।
सीआईबीका निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले हालसम्म नौ जना अमेरिकी नागरिकले आफू ठगिएको भन्दै शाहविरुद्ध किटानी जाहेरी दिएको बताए । सीआईबीको अनुसन्धानमा शाहसहित सङ् गठित समूहले अमेरिकाबाट ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर विभिन्न कम्पनीको नाममा भित्र्याएको खुलेको छ। त्यही अभियोगमा शाहसहित छ जनालाई गत पुस २२ गते काठमाडौँबाट पक्राउ गरिएको थियो। शाहको नाममा रहेका अन्य कम्पनी र त्यसका सञ्चालकसमेत अवैध रकम भित्र्याउन सहयोगी भएको हुन सक्नेबारे समेत ब्युरोले अनुसन्धान गरिरहेको छ । शाहसहितको समूहले विभिन्न नक्कली कागजपत्र तयार गरी विभिन्न बैङ्कबाट ऋण लिएको पाइएपछि ब्युरोले सरकारी कागजात किर्तेमा पनि मुद्दा चलाउने तयारी गरेको जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण