एकैदिन विभिन्न जिल्लामा ६ जना मृत फेला
काठमाडौँ । सोमबार विभिन्न जिल्लामा ६ जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नुवाकोट, रुकुम (पश्चिम), रोल्पा, नवलपरासी (पूर्व), सप्तरी लगायतका जिल्लामा ६ जना मृत फेला परेका हुन् । नुवाकोटको बिदुर नगरपालिका–२ सेरास्थित टोखा छहरे सडक छेउमा ७१ वर्षीय झिल्के राई मृत अवस्थामा फेला परेका छन् । उनी ओखलढुंगा लिखु गाउँपालिका–४ चौघडा स्थायी बासिन्दा हुन् ।
त्यस्तै रूकुम (पश्चिम)मा पनि एक पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१२ नयाँगाउँ बस्ने ५६ वर्षीय धनबहादुर वली मृत फेला परेका हुन् । उता, रोल्पा, रुन्टिगढी गाउँपालिका–१ चिप्लेखोलास्थित खोल्सामा सोही गाउँपालिका–२ धौलडाँडा बस्ने २१ वर्षीय राजेन्द्र विक मृत अवस्थामा फेला परेका छन् भने नवलपरासी(पूर्व), कावासोती नगरपालिका–१७ अमलटारीघाटस्थित नारायणी नदी किनारमा ३२ वर्षीय सुरेश महतो मृत फेला परेका छन् । महत भक्तपुर नगरपालिका–२६ दिव्यनगरका स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सप्तरी र ललितपुरमा पनि दुई पुरुष मृत फेला परेका छन् । सप्तरीको सुरूङगा नगरपालिका ४ कदमाह र ललितपुर महानगरपालिका ५ महालक्ष्मीस्थान मन्दिरको कम्पाउन्डभित्र ती पुरुष मृत फेला परेको प्रहरीको भनाई छ । सबै घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण