देशमा भएका समस्याको समाधान हामी गर्छौं : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा समस्या रहेको भन्दै ती समस्याको समाधान नेकपा एमालेले गर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो जिम्मेवारी एमालेको काँधमा आएको बताए ।
‘यो देशमा समस्या छन् । ती समस्याको समाधान हामी गर्छौं । हामी भनेको नेकपा एमाले’, अध्यक्ष ओलीले नेकपा एमाले राष्ट्रिय हित, राष्ट्रिय गौरव र स्वाभिमानको पक्षमा रहेको भन्दै एमाले राष्ट्रियताको साँचो प्रतिनिधि र रक्षक भएको बताए ।
अध्यक्ष ओलीले मातृभूमिको रक्षा गर्ने एमालेमात्र भएको भन्दै समानता, स्वाधीनता र स्वतन्त्रताको पहुँचको सुनिश्चितबाट जनता वञ्चित भएको बताए ।
‘यो साधारण कुरा होइन । भोकै बस्नु, जाडोमा कठ्याङग्रिनु बिमारी हुँदा उपचार गर्न नसक्नु यो साधारण पीडा होइन । यसबाट मुक्त गर्नुपर्छ’पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ ।
उनले समाजवाद धेरैले भन्ने गरेपनि त्यसको सामाजिक, आर्थिक, सांस्कृतिक पक्षलाई समेटेर मात्रै समाजवाद र समृद्ध नेपाल सुखी नेपालीको यात्रामा अघि बढ्नुपर्ने बताए ।
उनले अनेरास्ववियु नेपालको विद्यार्थी आन्दोलनको मात्रै मूलधार नभएर नेपालको राजनीतिमै अत्यन्तै महत्त्वपूर्ण भूमिका र गौरवपूर्ण इतिहास बोकेको प्रगतिशील संगठन भएको बताए । ‘योसँग अरु कुनै विद्यार्थी संगठनको तुलना हुँदैन’, अध्यक्ष ओलीले अनेरास्ववियु सकारात्मक उदाहरण हुनुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण