शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

‘बुर्जुवा शिक्षा बहिस्कार गरौं भन्ने नारा विल्कुल नचाहिने काम’

मङ्गलबार, ०२ फागुन २०७९, १५ : ३७
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवहार, काम र पढाइबाट अनेरास्ववियु भनेर चिनिन विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।

अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलनका कारण पढ्न पाइएन भन्न नपाइने बताए । उनले आफ्नो पालामा बुर्जुवा शिक्षा बहिष्कार गरौं भनेर भन्ने गरिएको भन्दै त्यो गलत रहेको बताए । 

‘पहिलापहिला हाम्रो पालातिर बुर्जुवा शिक्षा बहिस्कार गरौं कसैले भने । कसैले क्या मौका मिल्यो पढ्न गाह्रो भइरहेको थियो, बुर्जुवा शिक्षा बहिस्कार गरौंको नारा च्याप्प समात्यो’, उनले भने, ‘वास्तवमा त्यो बुर्जुवा शिक्षा बहिस्कार गरौं भन्ने नारा विल्कुल नचाहिने काम थियो । र त्यो संस्थागत रुपमा कसैले दिएको पनि होइन ।’

उनले बुर्जुवा शिक्षा बहिस्कारको नारा केही मान्छेका लहडमा आएको भन्दै भने, ‘सर्वहारा शिक्षाको युनिभर्सिटी कतै उनीहरुले खोलेर राखेजस्तो । अनपढ बनाउने बाटो । हाम्रा अनेरास्ववियुका विद्यार्थी भाइबहिनी ट्यालेन्ट हुनुपर्छ ।’ उनले आन्दोलनले गर्दा कहिल्यै पढ्न पाइएन भन्न नपाउने भन्दै आफू अझैपनि पढिरहेको बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप