रिक्त दरबन्दीमा फाजिलका कर्मचारी खटाउने तयारी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश तथा स्थानीय तहको रिक्त दरबन्दीमा संघमा फाजिलमा रहेका वा जिम्मेवारी नतोकिएका कर्मचारीमध्येबाट तत्काल कर्मचारी खटाउने तयारी गरेको छ । मन्त्रालयले सो काम एक महिनाभित्र सम्पन्न गर्ने कार्ययोजना तयार गरेको छ । सरकारको न्यूनतम साझा कार्यक्रमको निर्देशन सम्बन्धित बुँदानम्बर १० मा उल्लेख गरेको निर्देशनअनुसार सो कार्ययोजना तयार गरिएको हो ।
निर्देशनमा संघीय तहका अनावश्यक दरबन्दी कटौती गरी प्रदेश तथा स्थानीय तहमा जनतालाई सेवा प्रवाह गर्न नपुग जनशक्ति तत्काल आपूर्ति गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख थियो । सो निर्देशनको आधारमा मन्त्रालयले सोको कार्ययोजना–२०७९ तयार गरी प्रधानमन्त्री कार्यालयमा पेस गरेको थियो । सो कार्ययोजनाअनुसार संघीय मामिला तथा सामान्य प्रशासन, प्रदेश र स्थानीय तहसँग रिक्त दरबन्दीको विषयमा समन्वय गरी कार्यान्वयन गर्ने तयारी गरेको छ ।
मन्त्रालयलको तथ्यांकअनुसार अधिकांश स्थानीय निकायमा शिक्षाका कर्मचारी अभाव छ । जिल्लामा शिक्षा सेवाका कर्मचारीको अभाव छ । हाल शिक्षाका उपसचिव र अधिकृतले स्थानीय तहको शिक्षा विभागको जिम्मेवारी लिइरहेका छन् । ती कर्मचारीको दरबन्दी संघीय मामिलामा कायम गरी स्थानीय तहमा व्यवस्थापन गरिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण