असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
सारांश
- असार १५ को अवसरमा भक्तपुरको प्रसिद्ध ‘जुजु धौ’ को उत्पादन सामान्य दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ।
- बजारको माग पूरा गर्न उत्पादकहरू बिहानैदेखि उत्पादन र व्यवस्थापनमा व्यस्त रहेका छन्।
- परम्परागत विधि र शुद्ध दूधको प्रयोगले भक्तपुरको जुजु धौलाई देशभर विशेष पहिचान दिलाएको छ।
भक्तपुर । दही–चिउरा खाने पर्वका रूपमा चिनिने असार १५ को अवसरमा भक्तपुरको प्रसिद्ध ‘जुजु धौ’ को उत्पादन अन्य दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ।
भक्तपुर–८, च्याम्हासिंहस्थित सैजु जुजु धौका अनुसार पर्वका कारण बजारमा दहीको माग ह्वात्तै बढ्ने भएकाले सामान्य दिनको तुलनामा धेरै परिमाणमा दूध जमाएर जुजु धौ तयार गरिएको हो। बजारको यो ठुलो मागलाई पूरा गर्न उद्योगका कर्मचारीहरू बिहानैदेखि उत्पादन र व्यवस्थापनमा व्यस्त रहेका छन्।
_cKn88TLs17.jpg)
जुजु धौ बनाउनका लागि ताजा दूधलाई आवश्यक तापक्रममा उमालेर चिस्याउने गरिन्छ। त्यसपछि उक्त दूधलाई प्लास्टिकका बट्टा तथा माटाका भाँडाहरूमा राखी निश्चित तापक्रममा जमाउन छाडिन्छ। करिब पाँचदेखि छ घण्टाको अवधिमा दूध स्वादिष्ट जुजु धौमा परिणत हुने गर्छ।
_xyuXfFwyi3.jpg)
उत्पादकका अनुसार माटाका भाँडाले अतिरिक्त चिस्यान सोस्ने भएकाले यसरी तयार पारिएको दहीको स्वाद, गाढापन र गुणस्तर अझ उत्कृष्ट हुन्छ। यही परम्परागत विधि र शुद्ध दूधको प्रयोगले नै भक्तपुरको जुजु धौलाई देशभर विशेष पहिचान दिलाएको छ।
_WOMsvIp4zR.jpg)
असार १५ मा दही–चिउरा खाने नेपाली परम्परासँगै जुजु धौको माग हरेक वर्ष बढ्ने गर्छ। परम्परागत स्वाद र विशिष्ट गुणस्तरका कारण भक्तपुरको जुजु धौ उपभोक्ताहरूको पहिलो रोजाइमा पर्ने गर्दछ। नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठुलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोजभतेर, जुनसुकै शुभकार्यमा पनि दहीको उपयोग अनिवार्य मानिन्छ। दहीको यही ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको भक्तपुरमा हाल पाँच दर्जनको हाराहारीमा जुजु धौ व्यवसायीहरू सक्रिय रहेका छन्।
_16spUifgIF.jpg)
_wcOM7QnbyF.jpg)
_s2XkVrllQJ.jpg)
_6JohrHkJ5g.jpg)
_S0yLpnyXHp.jpg)
_qpQ2lGYF76.jpg)
_OnzsZi3cxI.jpg)
_gIzO68hwb0.jpg)
_TNSnYRvlpH.jpg)
_8rKJjJ1AGw.jpg)
_B4BoyTF5J9.jpg)
_IGagi53RQR.jpg)
_7EfOFHZkJH.jpg)
_SAslvMDsdm.jpg)
_BeqmiBLQ1E.jpg)
_SLAH3l0hZq.jpg)
_yQN9ug9exm.jpg)
तस्बिर : सूर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दराजमा ४० वर्षसम्म थन्किएको जीवावशेष अन्टार्कटिका महादेशमा फेला परेको इतिहासकै पहिलो डाइनोसरको हड्डी
-
बौराको मेलो, असार पन्ध्र र स्याखु
-
इयू र चीनबिचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल
-
विजय र पूजाको ‘रत्यौली’ फागुन २१ मा रिलिज हुने
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
सुकुमबासीहरुलाई बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द हुनुपर्छ : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण