सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
सारांश
- १३औँ म्युजिक खबर म्युजिक अवार्ड २०८२ सम्पन्न भएको छ, जसमा नेपाली गीत–संगीतका विभिन्न ३३ विधामा अवार्ड प्रदान गरियो ।
- सुगम संगीततर्फ प्रविन बेडवाल र सारिका घिमिरे उत्कृष्ट गायक तथा गायिका घोषित भए ।
- चलचित्र र लोकदोहोरी विधामा पनि विभिन्न कलाकारहरूले अवार्ड प्राप्त गरे, जसमा थानेश्वर गौतम र लक्ष्मी आचार्य लगायत रहेका छन् ।
काठमाडौँ । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ भन्ने नाराका साथ ‘१३औँ म्युजिक खबर म्युजिक अवार्ड २०८२’ सम्पन्न भएको छ । आइतबार आयोजित एक विशेष समारोहका बीच नेपाली गीत–संगीतका विभिन्न ३३ विधामा अवार्ड प्रदान गरियो ।
नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, पूर्वमन्त्री एवं वरिष्ठ गीतकार एसपी कोइराला, वरिष्ठ लेखक तथा निर्देशक मोहन निरौला, प्रकाश सायमी, वरिष्ठ संगीतकार शक्तिबल्लभ, गीतकार चूडामणि देवकोटा, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, वरिष्ठ गायिका देविका बन्दना र वरिष्ठ गायक दुर्गा रायमाझी लगायतका व्यक्तित्वहरूले अवार्ड वितरण गरेका थिए ।
म्युजिक खबरको प्रस्तुति र शुभकामना मिडिया सोलुसनको आयोजनामा भएको यस अवार्डको निर्णायक मण्डलमा लोकप्रिय गीतकार लोकराज अधिकारी (संयोजक), वरिष्ठ संगीतकार कस्तुप पन्त र लोकप्रिय गायिका देवी घर्ती रहेका थिए ।
सुगम संगीततर्फका विजेताहरू
अवार्डमा सुगम संगीततर्फ गायक प्रविन बेडवाल (गीतः हृदयमा) र गायिका सारिका घिमिरे (गीतः गुन भुल्यौ), ‘मुस्कान छैन आज’ बाट डम्बर याक्सो उत्कृष्ट गीतकार, ‘मेरा सुरहरु’ बाट शंकर थापा स्माइल उत्कृष्ट संगीतकार र ‘दुखें धेरै दुख्न पुग्यो’ बाट सरला श्रेष्ठ उत्कृष्ट महिला गीतकार, डायस्पोरा गीतकारको अवार्ड मनोज खड्का (तेजस्वी अप्सरा) ले पाए ।
प्राविधिक र म्युजिक भिडियोतर्फ
म्युजिक भिडियो विधामा झरना रिसाल (महिला मोडल) र सुरेश कोह्ली (पुरुष मोडल) उत्कृष्ट, प्राविधिकतर्फ अजय रेग्मी (छायाँकार), पदम सुवेदी (सम्पादक), राहुल शाह (निर्देशक) र नरेश बीबीसी (ध्वनि सम्पादन),संगीत संयोजनतर्फ नरेन्द्र वियोगीले अवार्ड पाए ।
पप र राष्ट्रिय भावका गीत
पप संगीततर्फ विनय कार्की क्षेत्री (संगीतकार), रविन श्रेष्ठ (पुरुष गायन) र आश्रा कुँवर (महिला गायन), युगल गायनतर्फ कर्णराज गिरी र कमला रेग्मी तथा राष्ट्रिय भावको गीततर्फ सुरेन्द्र खड्काले अवार्ड पाए ।
चलचित्र र लोकदोहोरीतर्फ
चलचित्र विधामा सुरज पण्डित (पाश्र्व गायक) र झुमा लिम्बु (पाश्र्व गायिका) सर्वोत्कृष्ट, थानेश्वर गौतम (संगीतकार) र युवराज काफ्ले (गीतकार) ले चलचित्रतर्फको अवार्ड थापे ।
लोकदोहोरीमा गायक अर्जुन सापकोटा र गायिका लक्ष्मी आचार्य सर्वोत्कृष्ट, लोकदोहोरीकै अन्य विधामा नवीन परियार (भाका), प्रसाद लामिछाने (शब्द), पल शाह (मोडल पुरुष), नारायणी खत्री (मोडल महिला) र दीप गुरुङ (निर्देशक) ले अवार्ड पाए । नवप्रतिभातर्फ रेखा पोख्रेल र मनोहर शर्माले अवार्ड लिए ।
विशेष र जुरी अवार्डहरू
कल्चरल गीत (गायिका): सुशीला गौतम
जुरी अवार्ड (गीतकार): कल्याण श्रेष्ठ र केशव भट्टराई
जुरी अवार्ड (राष्ट्रिय भाव गीतकार): पारसमणि बराल
जुरी अवार्ड (गायक): छिरिङ भुटिया
जुरी अवार्ड (संगीतकार): बीबी अनुरागी
क्रिटिक्स अवार्ड (पप गायन): सुनिल उप्रेती
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी र अन्य सहिदबिचमा विभेद गरेको भन्दै दायर रिटमा सरकारलाई छलफलमा बोलाउने आदेश
-
कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत
-
दक्षिण अफ्रिकाका वरिष्ठ प्रहरी अधिकारीमाथि घातक हमला
-
प्रधानमन्त्री बालेन लक्षित अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ, विरोधमा सुकुम्बासी मोर्चा आन्दोलनमा
-
लुम्बिनीमा भेला गर्दै देउवा समूह
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण