राष्ट्रपतिमा कांग्रेसले ‘ढोक्सा’ थाप्दा धरमरमा सत्ता गठबन्धन
काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्य पनि धरमरमा पर्न थालेको छ । राष्ट्रपति निर्वाचन २५ फागुनका लागि तोकिएको छ भने उम्मेदवारी दर्ता अबको नौ दिनपछि अर्थात् १३ फागुनमा हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ताको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका जिम्मेवार नेताले राष्ट्रपतिमा सहमतिको खोजी गरिने अभिव्यक्ति दिँदै गर्दा वर्तमान सत्ता गठबन्धनको आयु छोटिने संकेतहरू देखा पर्दै गएको हो ।
राष्ट्रपतिमा सहमतिबाटै साझा व्यक्तिको खोजीको विषय चर्चामा आउँदै गर्दा सत्तारूढमध्येको एक घटक नेकपा एमाले माओवादी केन्द्रसँग सशंकित छ । एमालेले सत्ताको नेतृत्व गर्न प्रधानमन्त्रीमा प्रचण्डलाई मुख्य साथ दिएको थियो भने वर्तमान सत्ता गठबन्धन १० पुसमा बनेको थियो ।
त्यसबखत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री आलोपालो गर्ने र राष्ट्रपतिमा माओवादीले एमालेलाई सघाउने समझदारी भएको एमाले नेताहरूको दाबी छ ।
माओवादी केन्द्रका नेताहरूका अनुसार सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएर सत्ताबाट बाहिरिएपछि एमाले र माओवादी केन्द्रबीचको दूरी झनै बढेको छ । सुदूरपश्चिम प्रदेश सरकार जोगाउन प्रधानमन्त्री प्रचण्डले भूमिका नखेलेको भन्दै एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्ट रहँदै आएका छन् ।
सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार ढलेर कांग्रेसले सत्ताको नेतृत्व लिएपछि त्यसको असर राष्ट्रपति निर्वाचनमा पर्न सक्ने भन्दै एमाले माओवादी केन्द्रसँग झनै सचेत र सशंकित देखिएको हो । मुख्यतः सोही कारण ती दलका नेताहरूकै सत्ता समीकरण बदलिने अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण