त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ९ वटा पसललाई १५ लाख जरिवाना
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ९ वटा पसलहरू कारबाहीमा परेका छन् । उनीहरूलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही गर्दै १५ लाख जरिवना तिराइएको हो । विभागका निर्देशक होमनाथ भट्टराईले उपभोक्तासँग मनोमानी ढंगले रकम असुली गरेको भन्दै ती पसलहरूलाई कारबाही गरेको बताए ।
कारबाही पर्नेमा अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा रहेका एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्स, एबीपी मार्ट, ओम नवदुर्गा इन्टरप्राइजेज, न्यु कन्फेक्सनरी स्टोर, एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप, होटल स्वनिङ (कफि एण्ड कन्फेक्सनरी), पीडी इन्टरप्राइजेज र होटल स्वनिङ रहेका छन् ।
पसलमा उपभोक्ता खुद्रा मूल्यभन्दा बढी रकम असुल गरी बस्तु बिक्री गरिरहेका व्यवसायिक फर्महरूलाई उनीहरूले गरेको कसूरको मात्रा र गाम्भिर्यता समेतका आधारमा बजार अनुगमन टोलीले जम्मा १५ लाख जरिवाना गरेको हो । उक्त फर्महरुलाई उपभोक्ता हित संरक्षण प्रतिकूल हुनेगरी कुनै पनि काम कारबाही नगर्नुरनगराउन निर्देशन दिइएको छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपटक पाएको मतका आधारमा दम्भ नदेखाउन सरकारलाई पन्तको चेतावनी
-
३० हजार किशोरकिशोरीलाई दादुराविरूद्धको खोप प्रदान गरिने
-
परराष्ट्रमन्त्रीको स्पष्टीकरण, ‘प्रधानमन्त्रीले उठाउनुभएको विषय दशगजा अतिक्रमणसँग सम्बन्धित हो’
-
उनकै शब्द सापटी लिँदै निश्कलले अर्थमन्त्री वाग्लेमाथि लगाए राजद्रोहको आरोप
-
अमेरिकामा एआई बहसलाई प्रभावित गर्न चीनले च्याटजीपीटी प्रयोग गरिरहेको आरोप
-
सरकार कूटनीतिक माध्यमबाट सीमा सम्बन्धी विवाद समाधान गर्न प्रतिबद्ध छः परराष्ट्रमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण