कविता
गीत : प्रकृति
शनिबार, ०६ फागुन २०७९, ०९ : २५
कसरी बखान गरूँ म यो प्रकृतिको, हेर्दै विचित्र लाग्छ
कहीँ निलो समुन्द्र त कहीँ सेतो हिमाल विचित्र लाग्छ ।
फुलेका छन् रङ्गीचङ्गी फूलहरू यहाँ, वनजङ्गल विचित्र लाग्छ
कहिले त्यो विशाल आकाश त, कहिले यो धर्ती विचित्र लाग्छ ।
चराहरूको त्यो चिरविर चिरविर, आवाज विचित्र लाग्छ
कतै कमिलाको त कतै हात्तीको आकार विचित्र लाग्छ ।
मानिस छन् गोरा, काला यहाँ, सबको रङ्ग विचित्र लाग्छ
हाड, मासु अनि रगत भरिएको यो शरीर विचित्र लाग्छ ।
कहिले घाम, पानी त कहिले जाडो, मौसम विचित्र लाग्छ
मानिस जन्मिने हुर्किने अनि मर्ने जीवन नै विचित्र लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण